देश–समाज समाचार स्थानीय

रगतको अभाव हुन नदिन केराबारीमा रक्तदान, ८१ पिन्ट रगत संकलन

केराबारी । अविरल वर्षापछि आएको बाढी र पहिरो अनि चाडपर्वसंगै रगतको चरम अभावले खास गरेर डेंगुसहितका बिरामीहरु रगत अभावमा छटपटाईरहेको अवस्था न्युनिकरणका लागि उत्तरी मोरङ केराबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तीन वटा संस्था मिलेर आयोजना गरेको सो रक्तदानबाट संकलित रगतले रगतकै कारणबाट कसैको ज्यान जानबाट जोगिने अपेक्षा आयोजकले गरेको छ । सो रक्तदानबाट ८१ प्रिन्ट रगत संकलन भएको आयोजक संस्था शुभ खानेपानी उपभोक्ता तथा सरसफाई समिति केराबारीका अध्यक्ष तथा सामाजिक व्यक्तित्व गोकुल बहादुर थापाले बताए । उनका अनुसार सो रक्तदान कार्यक्रममा खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. र र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को समेत संयुक्त आयोजनामा सम्पन्न भएको थियो । केराबारी गाउँपालिका र निड फर ब्लड धरानको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी धरान सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १८ महिला र ६३ पुरुष गरी ८१ जनाले रक्तदान गरेको थापाले बताए ।
रक्तदान, जीवन दान भन्ने नारासहित आयोजित सो कार्यक्रममा गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिंग मगर, रास्वपाका नेता प्रेम श्रेष्ठ लगायत विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलमा आबद्ध मा क्रियाशिल ब्यक्ति तथा व्यापारी व्यवसायीहरु समेतले रगतदान गरेको कार्यक्रम संयोजक तथा शुभ खानेपानीका अध्यक्ष गोकुलबहादुर थापाले जानकारी दिए ।
पहिलो पटक रक्तदान गर्ने रक्तदाताको सहभागिताले रक्तदान गर्नबाट डराउने क्रम क्रमशः घट्दै गएको सुखद पक्ष देखाएको पनि थापाले बताए । सो रक्तदान कार्यक्रममा पहिलोपटक रक्तदान गर्ने युवायुवतीको संख्या उल्लेख्य थियो । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले पनि पहिलोपटक रक्तदान गरेका छन् ।
एकै परिवारका तीनजनासम्मले गरे रक्तदान
कार्यक्रम संयोजक समेत रहेका थापाले रक्तदान कार्यक्रममा एकै परिवारका तीनजनासम्मले रक्तदान गरेको बताए । सो रक्तदान कार्यक्रममा मन बहादुर बराइली, छोराहरू मिलन र निकेश बराइली, एवम् महाप्रसाद लुइँटेल र छोरा सिमान्तले पनि एकसाथ रक्तदान गरेका छन् । त्यसैगरी आमाछोरा बविता बस्नेत र किशोर बस्नेतले पनि सोही कार्यक्रममा एकसाथ रक्तदान गरेका छन् । त्यस्तै बस चालक कुमार कुँवर क्षेत्री सवा ८ बजे रक्तदान गरेलगत्तै बस चलाएर धरान गएका थिए ।

Author

You may also like