तीन तहको सरकारले इमान्दारितापूर्वक कृषिलाई दिइएको प्राथमिकता लागु गर्ने हो भने कृषिबाटै नेपालको समृद्धिको खाका कोरिने बेर नलाग्ने देखिन्छ । मोरङको लेटाङ नगरपालिका किसानहरु परम्परागत कृषि प्रणालीबाट बाँच्ने आधार नदेखे पछि सुरु भएको कफि खेतीबाट उनीहरुको जीवनमा कायापलट भएको बताउँछन् । अनुभवका लागि राजविक्रम राई नाम गरेका शिक्षकले आफ्नो विद्यालय बाहिरको समय सदुपयोगका लागि गरेको कफि खेती फस्टाउँदै अहिले त्यस गाउँका १२० परिवारको पारिवारिक समृद्धिको आधार बनेको छ । हजारौं विरुवा तयार पार्ने कफि खेती गर्ने उनीहरुको दिनचर्याबाट उत्पादित कफि विश्व बजारमा समेत निर्यात योग्य भईसकेको उनीहरु बताउँछन् । त्यसो त त्यो कफि खेतीकै कारण हरेक महिनाजसो गाउँघर छोड्दै हिंड्ने बसाइसराईको प्रभाव पनि रोकिएको छ । आफ्नै ठाउँबाट आम्दानीको राम्रो स्रोत भेटेपछि उनीहरु बसाईसरेर दूःख पाउनुको मेलो मात्र सम्झन्छन् । उनीहरु मात्र होइन लेटाङ नगरपालिका छुट्टै जोनको माध्यमबाट कफि खेतीलाई प्राथमिकतामा राखेर किसानलाई आकर्षित गराउँदै आएको छ । यस्तै अन्य धेरै किसानलाई आत्मनिर्भर बनाउने र देशलाई आयआर्जनमा टेको पुर्याउने माध्यमहरु धेरै बनिसकेका छन् । दुध र दुधजन्य सामग्री विश्वबजारमा पुगिसकेका छन् । यस्तै सामान्य भक्का बनाएर पनि परिवारको दुःख हटाउन मद्दत पुगेका सफलताका कथाहरु आइरहेका छन् । यस्तै अर्को महले पनि विश्वबजार टेकिसकेको छ ।
कृषिलाई प्राथमिकतामा राखेर औषधीजन्य, खाद्यान्न, सरकारीलगायतका क्षेत्रमा सरकारले प्राथमिकतामा राखेर कृषि व्यवसायमा लाग्ने वातावरण बनाउन आवश्यक देखिन्छ । नेपाल भौगोलिक बनाउन फरक फरक हावापानीको भएको कारणले पनि कहाँ के बाली वा कुन विरुवा वा कुन जनावर पाल्दा ठिक हुन्छ भन्ने निस्कर्षका साथ अबका दिन प्राथमिकता किटान गरी कृषिमा लगानी बढाउन आवश्यक देखिन्छ । तीन तहकै सरकारले यति गरेको खण्डमा नेपाल कृषि प्रधान मुलुक हो भन्ने भनाईले पनि सार्थकता पाउने छ ।
कृषिमा देखिएका किसानका आफ्नै बलबुताले गरेका प्रयास विश्वबजारमा प्रवेश गरिसक्दा पनि सरकारले भने इमान्दारिता देखाउन नसकेको किसानका गुनासो छँदैछ । हुने खाने र पहुँचवालाहरुले हजारौं दुःखी किसानको भाग खोसिरहेको उनीहरुले बताउँछन् । सामान्य किसान समूहमा मिलेर कृषि उपार्जनको माध्यम खोजिरहेका छन भने पहुँचवालाहरु फर्म खोलेर सरकार अनुदान कामै नगरी खाइरहेको सन्दर्भ पनि छ । सरकारले किसानका लागि दिइने भनिएका सेवा र सुविधा वास्तविक किसानलाई दिने र उनीहरुको मनोबल बढाउने काम सरकारले गर्ने हो भने कृषिबाटै नेपालको समृद्धिको खाका कोरिन्छ । तर विडम्बना यहाँ सरकार कर्मचारी, राजनीतिक नेतृत्व र सम्बन्धित निकायका बेइमानहरुले गरिब, इमान्दार र मेहनती किसानहरुको सेवा सुविधा खाइरहेका छन् । यसलाई अब चाहि सरकारले इमान्दारिपूर्वक रोक्न आवश्यक देखिन्छ । कृषिमा दिइएको प्राथमिकता अनुसारको प्रतिफल निकाल्न वास्तविक किसानको पहिचान र उनीहरुको मनाबेल बढ्ने काम अब सरकारको काँधमा आएको छ ।