ओमप्रकाश गौतम
उ मान्छे हो रे अजिबको मान्छे
के उ मान्छे हो र ?
खै के हो के हो ?
कसरी भनौ उ मान्छे हो भनेर
न रुप छ न रङ्ग छ
न भेषभुषा छ
बेरङ्ग भित्र रङ्ग छरि रा छ
न गम्भीर छ न व्यापक छ
न जटिल छ
अनि कसरी भनौ
उ मान्छे हो भनेर ?
कसरी चित्राङकन गरौ
बेरङ्ग भरि रा छ
कहिले उ कालोलाइ सेतो भन्छ
कहिले सेतोलाई कालो भन्छ
हिजोआज रङ्ग उ यति बदल्दैछ कि
सत्ताको लागि उ भागबण्डा गर्दैछ
हसिया, हथौडा, तारा, घण्टी,
कलम, गाई
हलो अनेकन रुप धारण गरेर
मान्छे – मान्छेबिच लडाइँ गर्न उद्दत छ
भुइ मान्छेको भीड बढ्या छैन आज
उनीहरू रङ्ग बदलेर कता गए कता ?
श्रम गर्नेहरुको मूल्य खोसियो
बेनामहरुको भीड बढ्यो
न हिसाब छ न किताब छ
भ्रष्टाचारीहरु मौलाए
दुराचारीहरु बौलाए
कसले कसको पीडा सुन्ने हो ?
सुन्ने कोहि छैनन
अब सच्चा देशभक्त मान्छे खोजौ
कहाँ ?
जहाँ रातो कार्पेट बिछ्याएर
सर्वहाराकृत भन्न रुचाउने आज
आलिसान महलमा छन
यहाँ कसको भजन गाऔ , सुनौ ?
सुन्ने कोहि छैनन
कानुनको झण्डा कालो छ
तराजुमा ढकपल्ला जोख्नेहरु
सर्वोच्च अदालतमा
डलरको खेती गरिरहेछन
उ मान्छे हो रे अजिबको मान्छे
मरेर बाच्नेहरुलाइ बचाउनै नसक्ने
उ चित्रभित्रको अजिबको मान्छे हो रे
के उ मान्छे हो र ?
उ मान्छै हुँदै होइन
किनकि
मान्छेहरुलाइ बन्धक बनाउने
जथाभावी फोहोरी कुरा बोल्ने
अन्यायमाथि राज गर्ने
उ मात्रै झुण्ड – मुसुण्डहरुको भीड हो
एक अजिबको मान्छे हो
छलकपट गर्ने नि उही हो
दङ्गा फसाद गर्ने नि उही हो
मिलाउने खाने नि उही हो
असत्यलाई जीत बनाउने उही हो
हो, वास्तवमा मान्छे एक सामाजिक प्राणी हो । उसले मात्र यही समाजमा बसेर राम्रा या नराम्रा कुराहरु छुटट्याउन सक्छ वास्तवमा यही कारणले गर्दा मान्छे एक अजिवको प्राणीभित्र पर्दछ । उसले अरुकसैले गर्नै नसकेको काम क्षीणभरमै गर्न सकेको छ । यान्त्रिक उपकरणदेखि अनेकन क्षेत्रका बिबिध काम उसैलेमात्र गर्न सकेकै हुनाले उ एउटा तिलस्मीमय जादुको छडी हो भनेर भन्न सकिन्छ । जीवन र जगतका समय सापेक्ष बिषयबस्तु उठान गरेर अघि बढने पनि उ मात्रै हो । यान्त्रिक उपकरणको उडानद्वारा चन्द्रमा सम्म पुग्नेपनि उनै मान्छेहरु हुन । देश दुनियाँमा गर्ननसकेको काम उनैले गरेका छन, सोच्दै नसोचेको काम उनैले मात्र गरेका छन । तर हिजोआज उनै मान्छेहरु जसले राजनीति, सामाजिक, आर्थिक, ऐतिहासिक, धार्मिक काममा भण्डाफोरै भण्डाफोर मात्र गर्न उद्दत भयो । काम गरेन, माख्खो मारेन, कामगर्नेहरुको अदृश्य शक्ति बनेर विध्वंस गर्न उद्दत भयो । भ्रष्टाचार र दुराचारमा आफ्नो जीवनलाई यस्तो बनाउदै गयो कि उसले भोलि आफ्नो जिन्दगी के होला ? कस्तो होला थाहै नपाउने भयो । कसैको अन्धोभक्त भएर एकले अर्को मान्छेको जिन्दगी कोल्याप्स बनाउन उद्दत छ, आजको आधुनिक भनाउदो मान्छेहरु मान, इमान, जमान, पारदर्शिता सबै खुट्टाले किल्चिएर अघि बढेको छ । एकले अर्कोलाई सिध्याउन लागिपरेको छ, यति क्रुर शासक बन्न पुगेको छ कि उसले मान्छेको गरिमाहरु क्रमशः क्षयीकरण बनाइसकेको छ । आपराधिक गुट र झुण्डहरु हिजोआज यति बनाइसक्यो कि तिनीहरू फेरि सच्चा मान्छे बनेर यो धर्तीमा आउन सक्ने अवस्थै छैन । यस्ता मान्छेहरुको जमातले “भूइ मान्छेहरु चिन्दैनन । को असल को खराब छुट्ट्याउन सक्दैनन । मान्छेले मान्छेलाई चिन्न सकेन बरु चिनेनी नचिनेझै गर्यो । को असल को खराब छुट्ट्याउन सकेन । आफूलाई मात्र बढप्पन सोच्यो,“मै खाउ मै लाउ सुखसयल मै मोज गरौं “भन्ने कुरालाई आत्मसात लियो । उसले जीवनमा नगरेको काम के छ र ? कोभिडको आक्रान्त बिश्वभर फैल्यायो । आणविक बम गोलाबारुदले बिश्वलाई थर्कमान बनायो । यति गर्दा नि उसलाई आज पुगेकै छैन । सत्ता र शक्तिको आडमा बसेर देश दोहन गर्न उद्दत छ, अहिलेपनि । तर मौन छन उसका भरौटेहरु, न बोल्छन, न केर्छन बरु मिलिजुलीमा सेटिङ्गमै सत्ता टिकाउछन, तमकका लागि दान, महादान, पुण्यदान सबै कर्म गर्यो मान्छेले तर भित्री पाप कर्म भने अहिले नि गर्दैछ । प्रशस्त धन दौलतका लागि न आमा भन्यो न बुवा भन्यो सबैलाई हत्या गरेर आपराधिक कार्य गर्न जुटिरहेको छ त्यही पापी मान्छे । उ जन्मियो मात्र यो धर्तीमा एकदिन यो संसार छोडेर परमधाम जानुपर्छ भनेर जीवनमै सोचेन । पैसाका लागि इमान जमान बेच्यो, कुकर्म गर्यौ । “बुझ्न सके जीवन एक महान तपस्या हो बुझ्न नसके जीवन एक भयानक समस्या हो कहीँ गाइरहेको सुनिन्छ भने कतै चिच्याइरहेको सुनिन्छ “यो जान्दासम्म पनि उसले जीवनको सही लय पक्रन सकेन । खुल्ला दिमागमा सैतानको राज बोकेर हिडन थाल्यो, यो क्रम हिजोदेखि आजसम्म निरन्तर चलिरहेको छ । बैज्ञानिकले अनेक यन्त्र उपकरण बनाए तर मान्छेको मगजलाई मात्र खुरापाती गर्ने लडने, जुधने, मार्नेमात्रै बनायो ।
ए मान्छेहरु !
अब त सत्कर्म गर
बचेखुचेको साख जोगाउ
हत्या हिंसा त्याग
नमिलेका हात मिलाउ
शान्तिको संखघोष गर
अशान्ति हटाउ
दुरगामी सोच राख
पश्चगामी सोच हटाउ
मिलाउ तिम्रा नकारात्मक सोचहरु
बन्द गर अनेकन झोकहरु
आउ मिलाउ तिम्रा हातहरु
आउ मिलाउ तिम्रा साथहरु ।
हिजो मान्छे भएनौ, कुकर्म धेरै गर्यौ, अब सत्कर्मको ढोका उघारेर काम, क्रोध, लोभ, मोह र अहंकारलाई तिम्रो दिमागबाटै हटाउ । मान्छेको गरिमा यसैमा हुनेछ, तिमीले बिगतमा गरेका अनेक कर्तुत हटेर जानेछन, पुष्प गुच्छाले तिमीलाई शान्ति चाहनेले स्वागत गर्नेछन ।

Authors

You may also like