:– विमल लामिछाने –:
पुरानो विरासत बोकेर बसेका दलहरुलाई जेनजी विद्रोोहपछि अस्तित्व जोगाउनै सकस भएको छ । यसअघिको निर्वाचनलाई आधारमान्दा ठूला भनिएका दलहरु यतिबेला अस्तित्व जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । एमाले र कांग्रेसबीचको सहकार्यको सम्भावना लगभग समाप्त जस्तै भएको छ । मधेस सरकार गठनका क्रममा देखिएको विवाद र संसद् पुनस्र्थापनाको मुद्दामा दुवै दलको असहयोग यसको उदाहरण हुन् । नेपाली काँग्रेस चुनावअघि महाधिवेशन गर्ने या नगर्ने र नेतृत्व फेर्ने या कायम राख्ने भन्ने विषयमा नै अल्झिरहेको छ । माओवादी केन्द्रले त संरचना भंग नै गरेर एकताको नया मोडमा हामफालिसकेको छ । राप्रपा राजा फर्काउने कि लोकतन्त्रवादीसँगै हिँड्ने भन्ने अन्यौलमा छ । अरु साना दलहरु विभाजन र एकताको श्रृखलामा तैरिरहेछन् ।
एमालेः सत्ता च्यूत भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राष्ट्रियता र लोकतन्त्र’को नारामा आफूलाई पुनः सान्दर्भिक बनाउन खोजेका छन् । तर पछिल्लो समय गरिएको प्रदर्शनमा स्पष्ट एजेन्डा नभए पनि कार्यकर्तालाई अनिवार्य परिचालन गरिनु एमालेभित्रको संगठनात्मक अनुशासन र सत्तासंघर्ष दुवैको संकेत हो । उत्सुकता भने आउँदो महाधिवेशनमा केन्द्रिोत भएको छ । जहाँ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चुनौती र पृष्ठभूमिबाट देखापरेकी विद्या भण्डारीले आगामी समीकरणलाई रोचक बनाएका छन् । संसद् पुनस्र्थापनाका विषयमा एमालेले गरेको अपिल असफल भएपछि एमालेलाई अब दल दर्ता गरेर चुनावमा जाने नैतिक दायित्व अझ बढेर आएको छ ।
कांग्रेसः कांग्रेसभित्रको अस्थिरता अझ गहिरो छ । महामन्त्रीहरूको ‘यही अवस्थामा चुनाव नलड्ने’ चेतावनी, केन्द्रोीय समितिको महिनौं अधुरो बैठक, र ‘आठ भाइ’ भित्रको असन्तोषले पार्टीलाई एकमुठो बन्न नदिएको अवस्था छ । शेखर कोइराला आफ्नो विरोधी भूमिकाबाट समन्वयकारी भूमिकामा धकेलिँदैछन्, जसले कांग्रेसलाई ध्रुवीकरणको केन्द्रोबाट विमुख गराउन जोड पुगेको छ ।
नेपाली कम्युनिस्ट पार्टीः माओवादी र एकीकृत समाजवादी सहितका १२ समूह एकजुट भएर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले आफूलाई ठूलो संरचना तयार गरेको दावी गरिरहेका छन् । तर यसको आन्तरिक शक्ति सन्तुलन अत्यन्त असमान छ । माओवादी र एकीकृत समाजवादीभन्दा बाहेकका शक्तिहरूको तल्लो स्तरमा कार्यकर्था न्यून छन् । यहाँ नेताहरुको गठजोरमात्र जम्बो देखिन्छ ।
प्रचण्डको सर्वोच्चतामाथि असन्तुष्ट नेता जनार्दन शर्मा अहिले बाबुराम भट्टराई पक्षमा देखिन्छन्, जसले वाम राजनीतिभित्र अर्को बहुविकेन्द्रिकरण जन्माइदिएको छ ।
घनश्याम भूसाल, विप्लव र शर्मा–त्रिकोणले वाम केन्द्रोीयता बनाउने प्रयास गरे पनि सबै भित्रि रणनीतिक कमजोरिले ठोस परिणाम नदेखिएको अवस्था छ ।
त्यसमाथि विप्लव पक्षभित्रै फैलिएको फुट—चिरन पुनको प्रचण्ड पक्षमा जानुले विप्लव र जनार्दन अझ भूवरीमा परेको देखिनछ । उता वामदेव गौतम फेरि ‘तारा चिह्न’तर्फ फर्किनु, नेपाल र खनाल र रावलले प्रचण्डलाई साथ दिनुले वाम राजनीतिमा दशकौँ पुरानो ‘चिन्ह–राजनीति’ पुनः सक्रिय भएको संकेत भने दिन्छ ।
राप्रपा ः यतिवेला राप्रपासँग अवसर पनि छ, चुनौति पनि उत्तिनै छ । धेरै दलहरू आन्तरिक फुट, ध्रुवीकरण र नेतृत्व विवादमा व्यस्त भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अपेक्षाकृत स्थिर देखिए पनि यसको राजनीतिक र संगठनात्मक स्थिति अवसर र चुनौती दुवै रहेको मिश्रित छ । राप्रपाको शीर्ष नेतृत्व—राजेन्द्रो लिङ्देनको अध्यक्षता—अहिलेसम्म तुलनात्मक रूपमा एकीकृत देखिन्छ । जेन–जी विद्रोोहले राप्रपालाई ‘मध्य–ध्रुव’ बन्ने अवसर दियो । रास्वपा–जेनजी समूहबाट निराश केही मतदाता राप्रपा यदि आफ्ना एजेन्डालाई स्पष्ट, आधुनिक र संस्थागत रूपमा प्रस्तुत गर्न सके, निकट चुनावमा संघीय संसद्मा निर्णायक रहेको दल बन्न सक्ने सम्भावना देखिन्छ । राप्रपा चुनावपछि सत्ता–समिकरणमा ‘किंग–मेकर’ भूमिकामा पुग्न सक्छ ।
रास्वपा र नयाँ पुस्ता ः जेनजी विद्रोोहले पुराना दलप्रति अविश्वास बढाएपछि नेतृत्व शून्यतामा नयाँ सम्भावनाहरू देखा परे । रवि लामिछाने कारागारमै रहे पनि विभिन्न समूहसँग संवाद जारी राखिएको बुझिएको छ । रास्वपा आफ्नै शक्तिमा चुनावमा जाने तयारीमा देखिन्छ, तर जेनजी समूहसँगको संवादले गठबन्धनका ढोका खुला नै राखेको छ ।
नयाँ दलहरुः उज्यालो नेपाल, जेनजी समूह र परम्परागत दलसँग विभिन्न मोर्चामा संवाद वा सहकार्यको सम्भावना खुला छ । कुलमान घिसिङको नयाँ उज्यालो नेपाल पार्टी, खगेन्द्रो सुनारको हाम्रो पार्टी नेपाल, रक्षा बमको जेनजी युथ फ्रन्ट, जस्ता पहलहरूले नयाँ पुस्ताको असन्तोष राजनीतिक दल निर्माणतर्फ मोडिएको देखाउँछ । सामाजिक सञ्जालमा चर्चा कमाएका बालेन शाहको टिम, हर्क साम्पाङ र अन्य स्वतन्त्र ध्रुवहरू आ–आफ्नै मोडमा सक्रिय छन् ।
पहिचान र क्षेत्रीय राजनीति ः मधेश र पहिचान–आधारित दलहरूमा पनि ठूलो हलचल छ । रेशम चौधरी–रन्जिता चौधरी छुट्टिएको नाटकीय मोडपछि कबिर सोबको नाउपा नेपाल, नयाँ पहिचानवादी ध्रुवका रूपमा उभिएको छ, जसतर्फ अशोक राई समेत आकर्षित भएका छन् । तर राजेन्द्रो श्रेष्ठ प्रचण्ड नेतृत्वको नेकपातर्फ लागेपछि यो ध्रुवीकरणमा निरन्तरता छैन ।
लोसपा नेपाल निष्क्रिय छ, उपेन्द्रो यादव ‘मोर्चाबन्दी’को विकल्प हेर्दैछन्, र सीके राउत समूह फेरि फुटेर दिशाहीन अवस्थामा छ । यसले मधेश राजनीतिमा मत विभाजन झनै बढ्ने संकेत गरिरहेको देखिन्छ ।
जेनजी विद्रोोहले स्थापित सत्ता संरचनालाई चुनौती दिएको त तथ्य हो, तर उक्त विद्रोोहका आदर्श र ऊर्जालाई संस्थागत रूप दिन सक्ने संगठनात्मक शक्ति अझै बनेको देखिँदैन ।