०५ भदौ, दमक । इलाका ट्राफिक प्रहरी कार्यालय दमकले गत आर्थिक वर्षको वैशाखदेखि चालु आ.व. साउनसम्ममा ४ सय ९६ सवारी साधन कारवाहीमा पर्दा ५ लाख १० हजार ५ सय राजश्व संकलन गरेको छ । चालु वर्षको साउन महिनामा २ लाख ११ हजार राजस्व संकलन गरेको छ । २ सय ४६ वटा वटा सवारी साधनलाई गरेको कारवाहीबाट उक्त रकम संकलन भएको इलाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नारायण प्रसाद भट्टराइले बताए । भट्टराईका अनुसार सबैभन्दा बढी मोटरसाइकल परेका छन् । १३३ वटा मोटरसाइकल कारवाहीमा पर्दा एउटा जेसिवी कारवाहीमा पेको छ । यस्तै ट्रक १५, मि.ट्रक ३ वटा, बस २ वटा, टेक्सी ६ वटा, जिप, कार ४९ वटा, स्कुटर २१ वटा, टेक्टर २ वटा अटोसिटी २६ वटा गरी जम्मा २४६ वटा कारवाहीमा परेको कार्यालय प्रमुख भट्टराईले बताए ।
यसैगरी उक्त कार्यालयबाट गत आर्थिक वर्षको अन्तिम वैशाख देखि असार मसान्तसम्ममा २ लाख ९९ हजार ५ राजश्व उठाएको भट्टराईले बताए । १३५ ट्रकबाट १ लाख १७ हजार ५ सय राजश्व संकलन भएको छ भने १५० जीपकारबाट १ लाख ३ हजार, ९५ वटा मोटरसाइकल र स्कुटीबाट ४५ हजार, २५ वटा बसबाट १२ हजार, २० वटा ट्याक्टरबाट १० हजार, २५ वटा सिटी र अटोबाट १२ हजार गरी ४५० सवारी साधन कारवाहीमा पर्दा २ लाख ९९ हजार ५ सय राजश्व संकलन भएको सई नारायण प्रसाद भट्टराईले जानकारी दिए ।