मुख्य

बस्नेत परिवारद्वारा जग्गाविहीनलाई घडेरी

दमक/ लामो समयदेखि आफ्नै आडभरोषामा बस्दै आएका २ जना जग्गाविहीन सुकुम्बासीलाई गीतादेवी बस्नेतले घडेरी स्वरुप जग्गा प्रदान गरेकी छन् ।
झापाको दमक–२ निवासी गीतादेवी बस्नेत परिवारले ठकबहादुर कामी र टिकाराम दर्जीलाई १०÷१० धुर जमिनको स्वामित्व रहनेगरी एक कार्यक्रमका बीच सो जग्गाको धनीपुर्जा प्रदान गरेकी हुन् । सो अवसरमा जेठा छोरा रेवत बस्नेतले उनीहरुलाई केही जग्गा दिने हजुरबुवा लैनबहादुर बस्नेत र बुवा केदार बस्नेतको इच्छा रहँदा रहँदै स्वर्गवास भएकाले उहाँहरुको इच्छा पूरा गर्न बस्नेत परिवारले घडेरी उपलब्ध गराएको जानकारी गराए । सोही वडाका वडाअध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्यता तथा जग्गाधनी गीतादेवी बस्नेतको सभापतित्वमा बुधबार भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश संयोजक राम थापाले स्वर्गीय केदार बस्नेतसंगको आफ्नो निकटताबारे सम्झँदै बस्नेत परिवारको इच्छा र भावनाका बारेमा प्रकाश पारेका थिए ।

Author

You may also like