मुख्य राजनीति

नेकपा एसका ६ दर्जन बढी कार्यकर्ता एमालेमा प्रवेश

०५ भदौ, दमक । झापा क्षेत्र नं. ५ मा नेकपा एकिकृत समाजवादीलाई ठूलो धक्का लागेको छ । नेकपा एसका केन्द्रीय तहदेखि नगरपालिका तहसम्मका ६ दर्जन बढी नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेपछि नेकपा एसलाई धक्का लागेको हो ।
झापा निर्वाचन क्षेत्र न. ५ बाट हिजोको दिनमा एमाले पार्टी छोडेर एकीकृत (समाजवादी)मा रहेका नेता कार्यकर्ता पुनः एमालेमा प्रवेश गरेका छन् ।
मेची बहुउद्देश्यीय सहकारी संस्था दमकको सभाहलमा मंगलबार पत्रकार सम्मेलन गरी नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सदस्यहरु राजेन्द्र दाहाल, मणी भण्डारी सहित जिल्ला, नगर र जनसंगठनका ६७ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा एकीकृत समाजवादीका दमक नगरका पूर्व अध्यक्ष, जिल्ला कमिटी सदस्य महेश घिमिरे, जिल्ला सदस्यहरु चन्द्रकला भण्डारी, शसीराज पौडेल, तोया सापकोटा, हरिकृष्ण पौडेल, खगेन्द्र बाह्रकोटी, राम लुइटेल र चन्द्रमणी अधिकारी रहेका छन् । यसै गरी समाजवादी निकट अनेरास्वीयु केन्द्रीय सचिवालय सदस्यहरु रोशन भण्डारी, मदन गुरुङ्ग, समाजादीकै नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य उमेश चम्लागाई, समाजवादी पार्टीको दमक नगर सचिवालय सदस्य चन्द्रमणी थापा,खेलकुद महासंघ झापा कोषध्यक्ष सुदिप सागर भटराई(सौरव), अनेरास्वियु दमक क्याम्पस समिति पूर्व अध्यक्ष आयुष्मान पोखरेल, अखिल फोर्स दमक नगर संयोजक रतन चाम्लिङ्ग राई, सहसंयोजक सागर ढकाल (सावन) अनेमसंघ नगर सदस्यहरु जमुना लिम्वू र रेनुका ढुङ्गगाना दाहाल एमालेमा प्रवेश गरेका छन् । समाजवादीकै अखिल फोर्स नगर संयोजक रतनको नेतृत्वमा नगर समितिका १७ जना, अनेरास्वियु दमक क्याम्पस समितिका अध्यक्ष रविन अधिकारी सहित १५ सदस्य र तोया सापकोटाको अगुवाईमा कमल गाउँ घर भएका समाजावादी जिल्ला समिति सदस्य र पार्टी सदस्य १६ जना समाजवादी पार्टी छोडेर एमाले प्रवेश गरेको एमाले दमक नगर अध्यक्ष राम पौडेलले जानकारी दिए । झापा क्षेत्र नं. ५ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । पार्टी प्रवेश आयोजित कार्यक्रममा उहाँहरुलाई योग्यता र क्षमताको आधारमा सम्वन्धित पार्टी तहको नेतृत्वले जिम्मेवारी दिने एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीले बताएका छन् ।

Author

You may also like