देश–समाज राजनीति विचार/वहस समाचार

नेपाली संस्कारको मौलिक प्रजातन्त्रको पक्षमा कमल थापा

दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको वीरगञ्जमा पार्टी पार्टीको तराई मधेश राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था असफल भइसकेकाले नेपालका निम्ति राजादेखि माओवादीसम्म अटाउने ब्यवस्था आवश्यक भएको जनाएका छन् । आफ्नो पार्टीले हिन्दूराष्ट्र र राजसंस्था पुनस्थार्पनाको एजेण्डालाई सँगै अघि बढाइरहेको बताए ।
उनले अहिले देश संकट नै संकटको चक्रव्युहमा फसेको बताए। उनले तराई–मधेश उत्थानको महत्त्वपूर्ण मुद्दाका रूपमा अहिले कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनु रहेको दावी गरे।
उनले विगत १८ वर्षदेखि अवलम्बन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्ने बताए। उनले सबै राजनीतिक शक्ति र विचार अटाउन सक्ने नेपाली संस्करको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त पहल गर्नुपर्नेमा जोड दिंर्दै । विगत १८ वर्षदेखि अवलम्बन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्छ। सबै राजनीतिक शक्ति र विचार अटाउन सक्ने नेपाली संस्कारको मौलिक प्रजातन्त्र स्थापनाका निम्ति पहल गर्नुपर्छ। राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ। हिन्दुराष्टू र राजसंस्था पुनःस्थापनाको एजेण्डालाई पनि सँगै अघि बढाउनेछौँ।’ अध्यक्ष थापाले भ्रष्टाचारको मुद्दामा छानबिन शुरु भएसँगै प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएर भ्रष्टाचारीलाई जोगाउने प्रयासमा लाग्ने गरेको आरोप लगाए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठाउँमा मन्त्रिपरिषद्ले गरेका अनियमितता र भ्रष्टाचार छानबिन गर्नसक्ने अधिकार सम्पन्न निकायका लागि संविधान संशोधन हुनुपर्ने बताए ।

Author

You may also like