काठमाडौं , दुई दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन् ।
राष्ट्रपति सी बसेकै होटल सोल्टी क्राउन प्लाजामा राष्ट्रपति भण्डारीले रात्रीभोज आयोजना गरेकी हुन् । सीको सम्मानमा आयोजना गरिएको रात्रीभोजमा केही नेपाली परिकारहरुको पनि व्यवस्था गरिएको थियो ।
रात्रीभोज कार्यक्रमलाई दुवै देशका राष्ट्रपतिले सम्बोधनसमेत गरेका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सीको सुस्वास्थ्यका लागि भन्दै चियर्सको प्रस्ताव गरेपछि राष्ट्रपति सीले त्यसको स्वीकारोक्तिमा ‘ग्यान्बे’ भन्दै चियर्स गरेका थिए ।
चीनबाट नेपालमा भएको यो २३ वर्ष पछिकै उच्चस्तरीय भ्रमण हो ।