अर्थ मुख्य

शिखाको १५ औं साधारणसभा

दमक/ रोजगारीका लागि प्रवासमा गएका युवाहरुको सक्रियताबाट स्थापित शिखा बचत तथा ऋण सहकारी संस्था दमक–६ झापाले १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सुखि, शान्ति र समृद्ध परिवारका लागि शिखा सहकारी नाराका साथ स्थापित शिखा बचतको पशुपति सेवा सदनको सभाहलमा आयोजित साधारणसभामा संस्थाले प्रस्तुत गरेको बार्षिक तथा लेखा प्रतिवेदन पारित गर्नुका साथै संस्थामा उत्कृष्ठ कारोवार गर्ने सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सभामा संस्थाका अध्यक्ष तेज कुमार श्रेष्ठले सञ्चालक समितिका तर्फवाट बार्षिक प्रतिवेदन, लेखा संयोजक विवेक मैनालीद्धारा लेखा सुपरिवेक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । ती दुवै प्रस्तुत प्रतिवेदन सुझावहित पारित गरिएको व्यवस्थापक तुलसी राजवंशीले बताए । जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतमा भएको साधारणसभामा दमक ६ का वार्ड अध्यक्ष टेक बहादुर थापा, संस्थाका संस्थापक अध्यक्ष प्रितम सुब्बा लगायतले सहकारीको साधारणसभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
शिखा सहकारीले यो आर्थिक बर्षमा २४ करोडको निक्षेप हिसाब, २ करोड ७२ लाखको शेयर पूंजी, २७ करोड कर्जा लगानी गरेको उल्लेख छ । संस्थामा २८९५जना शेयर सदस्य रहेको तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक गतिविधिहरु गरिआएको उपाध्यक्ष हरि लामाले बताए ।
साधारणसभामा संस्थामा उत्कृष्ठ कारोवार गर्ने बचत तथा ऋणी सदस्यहरुलाई े५० जनालाई सम्मान, १७ जना ६८वर्ष माथिका ज्येष्ठ सदस्यहरुलाई नगद जनही रु १ हजारसहित हिंडडुलका लागि लौरो र बालबचतमा संलग्न ३७ जना बालबालिकाहरुलाई स्कूल व्याग, कापीकलम लगायतका स्टेशनरीका सामाग्रीहरु समेत प्रदान गरिएको थियो । सोहि अवसरमा संस्थाले उत्कृष्ठ कर्मचारीका रुपमा (स्टाफ अफ दियर) देउकुमार लिम्बू, सन्जय बस्नेत र अर्पण ढुङ्गानालाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
लेखासुपरीवेक्षण समितिकी सदस्य सुनिता खडकाले स्वागत मन्तव्य राखेको साधारणसभाको सञ्चालन सचिव तिर्थराज चाम्लिङले गरेका थिए ।
सो सहकारीले शेयर सदस्य केन्द्रीत अवलोकन भ्रमण, रक्तदान कार्यक्रम, सरसफाई, जस्ता सामाजिक कार्यक्रमहरु गर्दै आएको अध्यक्ष श्रेष्ठद्धारा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ ।
संस्थाका संस्थापक अध्यक्ष प्रितमनी सुब्बाले स्मारिका निकाल्न खोजेको तर पदाधिकारीले वास्ता नगरेको बताए । उनले संस्थालाई यहाँसम्म ल्याई पु¥याउन प्रवासदेखि दमकभित्र गरेका योगदानको स्मरण गर्दै विदेशमा उठाएको ५० लाख रुपैयाँ सक्षम नेतृत्वको अभावमा गुमेको दुखेसो पनि गरे । संस्थाको अवधारणाकर्ता शुभकामना मन्तव्यको क्रममा उनले संस्था स्थापना गर्ने क्रममा वर्तमान अध्यक्ष श्रेष्ठको समेत अमूल्य योगदान गरहेको र यसको साक्षीको रुपमा उहाँ रहेको स्मरण पनि गराएका थिए । उनले गरिब भनेको भौतिक सुखसुविधाका साधन नहुनु होइन जोसँग मिसन छैन वा भिजन छैन ्त्यो गरिब भएको बताउँदै यस सहकारीको भिजन प्रवास कतारबाट जन्मिएको पनि उल्लेख गरे । संस्थाका सचिव तिर्थराज चाम्लिङ राईले कार्यक्रम सञ्चालन गरेका थिए ।

Author

You may also like