दमक। इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी निरीक्षक डम्बर विश्वकर्मा झापाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । उनलाई उत्कृष्ट काम गरेबापत जिल्ला प्रहरी कार्यालय झापाले असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।
प्रहरी निरीक्षक विश्वकर्माले २२ असारमा कमल गाउँपालिका ६ मा रुपेशकुमार सदाले मादक पदार्थ सेवन गरी खुकुरीले सुमित्रा ऋषिदेवलाई प्रहार गरी घाइते बनाएर फरार रहेका सदालाई सप्तरीबाट पक्राउ गर्न सफल भएका थिए ।
यस्तै, १८ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरी फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भएको, २६ ग्राम लागुऔषध ब्राउनसुरसहित कारोबारी पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले उत्कृष्ट प्रहरी घोषित गरेका हुन् ।