कपाल मानिसको सौन्दर्यको प्रमुख भाग हो । कपालले मानिसको सौन्दर्यमा निखार ल्याउने काम गर्दछ । कपाल कालो बाक्लो छ भने मानिस त्यतिकै राम्रो देखिन्छ । अहिले विभिन्न कारणले मानिसको कपाल झर्ने समस्या बढ्दै गएको छ । यसको प्रमुख कारण भनेको हाम्रो अप्राकृतिक खानपान र अब्यबस्थित जीवनशैली हो । यदि हाम्रो कपाल सामान्य भन्दा बढी झर्दछ भने त्यसलाई हामी कपाल झर्ने समस्या भन्ने गर्दछौ । सामान्यतया एक स्वास्थ्य मानिसमा १ लाख कपालहरु हुन्छन सामान्यतया ५०(१०० संख्यामा कपाल झर्नुलाई सामान्य मानिन्छ । यदि त्यो भन्दा बढी कपाल झरेमा हामी त्यसलाई कपाल बढी झर्न थालेको बुझ्दछौ । यस अवस्था मा हामीले यस लाई गम्भीरता का साथ लिनु पर्दछ । कसै(कसैको कपाल झुप्पा झुप्पामा झर्ने गर्दछ त्यसलाई पनि हामीले गम्भिरताका साथ लिई उपचारको बाटो अपनाउन पर्दछ ।
कारण
कपाल झर्ने कारणहरु थुप्रै हुन्छन । कपाल के कारणले झरेको हो हामीले त्यसको बिस्तृत अध्ययन गर्नु पर्दछ ।
१. खानपान – अहिले हाम्रो खान एकदम अस्वस्थ्यकर हुँदै गइरहेको छ । प्रायः हामी होटलको भुटेको, प्याकेटमा बन्द भएका खानेकुराहरु खाईरहेका हुन्छौ । जसले गर्दा हाम्रो खानामा पोषणको मात्रा एकदम कम हुन जान्छ फलस्वरूप पोषण को कमि ले कपाल झर्ने समस्या उत्पन्न हुन्छ ।
२. जीवनशैली -हाम्रो बदलिँदो जीवनशैलीका कारण पनि कपाल झर्ने समस्या बढेको छ । हामी सहि समयमा सुत्ने र उठ्ने गर्दैनौ । हाम्रो दिनचर्या प्रायः घर भित्रै बिताएर बित्छ । हामी ब्यायाम गर्दैनौ, घामको सम्पर्कमा हुँदैनौ ।
३. वंशानुगत – वंशानुगत पनि कपाल झर्ने समस्याको एउटा प्रमुख कारणमा पर्दछ ।
४. विभिन्न औषधिहरुको दुश्प्रभाव( विभिन्न रोगहरु जस्तै डिप्रेसन, हातजोर्नीको समस्या, उच्च रक्तचाप, मुटुको समस्यामा प्रयोग गरिने औषधिहरुको दुश्प्रभावबाट पनि कपाल झर्ने समस्या हुने गर्दछ ।
५. तनाब -अत्याधिक तनाबका कारण पनि हामीलाई कपाल झर्ने समस्या हुने गर्दछ ।
६. विभिन्न सौन्दर्य सामग्रीहरुको जथाभाबी प्रयोगले पनि कपाल झर्ने समस्या भएको पाउँछौ । सौन्दर्य सामग्रीहरुमा प्रयोग हुने विभिन्न रसायन को कारणले कपाल झर्ने समस्या हुने गर्दछ ।
७. हर्मोनल परिवर्तन- गर्भावस्था, सुत्केरी अवस्था र बच्चा जन्मि सकेपछि महिलाहरुमा आउने हर्मोनल परिवर्तनका कारण धेरै महिलाहरुमा कपाल झर्ने समस्या भएको हामी पाउछौ ।
८. विभिन्न स्वास्थ्य अवस्था-थाईराइडको समस्या भएका, शरीरमा रोग प्रतिरोधी क्षमता कम भएका मानिसहरुमा पनि हामी कपाल झर्ने समस्या भएको हामी पाउँछौ ।
प्रकार र लक्षणहरु
१. पुरुषमा कपाल झर्ने समस्या भएमा कपाल निधारको भागबाट तालु तिर पातलिदै पातलिँदै जान्छ । महिलाहरु मा भने निधार को छेउ भाग पातलिन थाल्दछ । महिलाहरुमा तालु तिर सर्दै जाने हँुदैन तर तालुमा भने कपाल पातलिन्छ् ।
२. यदि हाम्रो टाउकोमा Ringworm को समस्या छ भने पनि कपाल झर्ने समस्या हुन्छ । यस प्रकारको समस्यामा हाम्रो टाउको विभिन्न भागमा गोलो घेराहरु देखिन्छ । ति घेराहरु चिलाउने, सुन्निने र कहिलेकाहिँ त्यहाँबाट पानी जस्तो च्याप्च्याप् लाग्ने पदार्थ पनि निस्किने गर्दछ ।
३. कहिले काहि अचानक कुनै अप्रत्यासित घटना सुनेमा पनि हामीलाई कपाल झर्ने समस्या हुने गर्दछ । तर यसमा केहि समयका लागि मात्र कपाल झर्ने समस्या हुन्छ ।
४. चक्का चक्का परि कपाल झर्ने समस्या (यसमा हाम्रो टाउकोमा चक्का चक्का परि कपाल झर्ने समस्या हुन्छ र कपाल झरेको ठाउमा पुरै तालु नै हुन्छ ्र एउटा कपाल पनि हुदैन ।
५. क्यान्सरका रोगि हरुमा पनि हामी कपाल झर्ने समस्या भएको पाउछौ तर त्यो समस्या केहि समयका लागि हुन्छ र केहि समय पछि आफै कपाल आउँदछ ।
उपचार
१. कपाल झर्ने समस्याका लागि प्रोटिन युक्त, बायोटिन युक्त र सन्तुलित खाना खाने गर्नु पर्दछ ्जस्तै (अण्डा, दाल, चना इत्यादी ।
२. जथाभाबी पार्लरमा गएर कलर गर्ने गर्नु हुदैन कलर मा मिसावट गरिएको केमिकल का कारण कपाल टुक्रिने र झर्ने गर्दछ ।
३. विभिन्न सौन्दर्य सामग्रीहरुको जथाभाबी प्रयोग नगर्ने जस्तै – कपाल मा प्रयोग गरिने स्प्रे, स्याम्पु आदि ।
४. यदि छाला सम्बन्धि कुनै समस्या भएर कपाल झरेको हो भने त्यस को उचित उपचार गर्ने ।
५. धेरै तनाबले पनि हामीमा कपाल झर्ने समस्या हुन्छ ्र त्यसैले तनाब को ब्यबस्थापन गर्ने ्र त्यसका लागि आफन्त ,साथीभाई,छोरा छोरि संग समय बिताउने वा आफु लाई मन पर्ने काम हरु गर्ने ।
६. यदि आफुलाई कुनै स्वास्थ्य समस्या छ भने त्यस को सहि र समयमै उपचार गर्ने जस्तै -थाईराइड्र ।
होमियोप्याथि मा कपाल झर्ने समस्याका लागि राम्रा राम्रा र निकै प्रभाबि औषधिहरु छन । तपाईमा भएका लक्षणका आधारमा, कारणका आधारमा योग्य चिकित्सकले सहि औषधिको चयन गरि औषधि खादा यस समस्याबाट मुक्त हुन सकिन्छ । यदि तपाईलाई जुनसुकै समस्याका कारणपनि कपाल झर्ने समस्या भएमा सजिलै संग होमियोप्याथिक औषधिबाट तपाईको शरीरमा कुनै दुश्प्रभाब नगरी कपाल झर्ने समस्यालाई सजिलैसंग निको पार्न सकिन्छ ।
(लेखक कंचनजंघा होमियो क्लिनिक दमकमा कार्यरत चिकित्सक हुनुहुन्छ ।)