दमक/ विश्वकर्मा दिवसको अवसर पारेर मोरङको कानेपोखरी नजिक विश्वकर्मा मन्दिरको शिलान्यास गरिएको छ । अत्याधिक दुर्घटना हुने सो स्थानमा कानेपोखरीको कृषि सडकको मोहडाको सामुदायिक जंगलमा उक्त मन्दिरको शिलान्यास गरिएको सडकमा यात्रा गरिरहेका यात्रुहरुको शुभको लागि दुर्घटना नहोस् भन्ने कामनासहित बयरवन ६, ७ र ८ का स्थानीयबासी, कानेपोखरी गाउँपालिकाको समन्वय र सहयोगमा सार्वजनिक स्थलमा उक्त मन्दिर बनाउने गरी शिलान्यास गरिएको स्थानीय कुमार खड्का बताउँछन् । उनले यस भेगका जनतालाई रातभरि रात्रिकालिन जाग्रामसहित होमादी गरेर विश्वकर्मा बाबाको जन्मोत्सवको अवसरलाई शुभसाइतमा यसको शिलान्यास गरिएको उनले बताए । उक्त स्थललाई विभिन्न धार्मिक शक्तिपिठहरुको आकर्षण केन्द्र बनाउने गरी मन्दिरको शिलान्यास गरिएको बताएका छन् । समस्त यात्रुको हितमा एउटा पुण्यधामको रुपमा यस स्थानलाई विकसित गर्ने उनको भनाई थियो ।
दमक ढुकुरपानीबाट मोटरसाइकलमा आएका दुई जनाको सफारिमा ठोकिएर एउटा हात र एउटा खुट्टा गुमाएका छन । यो घटना ३–४ दिन अगाडिको हो । उनीहरुको उपचार बिर्तामोड बिएमसीमा भईरहेको छ । यसरी अत्याधिक दुर्घटना भई दर्जनौं यात्रुको ज्यान मात्र गएन करोडौंको क्षति भएको ठाउँलाई पुण्यभूमि बनाउने अभियानमा स्थानीबासी र गाउँपालिका लागेको खड्काको भनाई छ ।