देश–समाज राजनीति समाचार स्थानीय

दमकमा कांग्रेसले मनायो राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

दमक/ नेपाली कांग्रेस दमक नगर समितिले बुधबार एक कार्यक्रम गरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । कांग्रेस संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आठ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेस दमकले औपचारिक कार्यक्रम गरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो ।
कांग्रेस दमक नगर सभापति प्रकाश प्रसार्इंको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बिपिको मेल मिलापको निति आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखे । मुलुकको विकास र परिवर्तनका लागी सबै पक्षको सहकार्य र मेलमिलाप आवस्यक रहेकोमा वक्ताहरुको जोड रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस झापा जिल्ला सभापति शेरबहादुर भट्टराईले देश गम्भिर अवस्थामा रहेको भन्दै सबै पक्षको सहकार्य र मेलमिलापले मात्रै वर्तमान समस्या समाधान गर्न सकिने बताए । दमक उद्योग बाणीज्य संघको निर्वाचनको सन्दर्भ जोड्दै भट्टराईले सहकार्यका दल र संगठन विच आपसी विश्वास बढाउँदै सामुहिक जितको भावनाले अघि बढ्नुपर्ने बताए । कांग्रेस महासमिति सदस्य सुरेश सुब्बाले बिपिले देखेको समृद्ध नेपाल अभैm निर्माण नभएको भन्दै त्यसका लागी सबैको सहकार्य र अपसी मेलिमिलाप आवस्यक रहेको बताए । कांग्रेस क्षेत्रीय सभापति ढुण्डी भण्डारीले पछिल्लो समय नकारात्मकता मात्रै देख्ने क्रम बढेको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । आपसी मेलमिलाप र सद्भावबाट मात्रै समस्या समाधान गर्न सकिने उनको तर्क थियो ।
कार्यक्रममा कांग्रेस कोशी प्रदेश समिति सदस्य तथा दमक नगर उपप्रमुख रेगिना भट्टराईले अग्रजहरुको त्याग र योगदानले वर्तमान उपलब्धिहरु प्राप्त भएको भन्दै त्यसलाई जोगाउनु अहिलेको पुष्ताको कर्तब्य भएको बताइन् । सोही कार्यक्रमका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य विरेन्द्र बस्नेतले बिपि कोइराला राजनीति गर्ने सबैका लागी आदर्श व्यक्ति भएको उल्लेख गरे । आप्mनो ज्यानको समेत पर्वाह नगरि मुलुकको हित सोच्ने कोइरालाको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको उनले तर्क राखे ।

Author

You may also like