केही साथीहरुले यतिबेला मलाई प्रश्न गरिरहेका छन्, ‘सर, बंगलादेशको जस्तो बिद्रोह नेपालमा कहिले हुन्छ ?’ र मैले सबैलाई एउटै उत्तर दिएको छु, ‘हामी कहाँ त्यस्तो कहिल्यै हुँदैन । र सम्भव पनि छैन ।’ प्रश्नकर्ता साथीहरुलाई मेरो यो उत्तर उटपट्याङ्ग जस्तो लागिरहेको छ । साँच्चै झट्ट सुन्दा निकै खल्लो र नीरस उत्तर छ । रसिलो, स्वादिलो र मीठो भनेको नेताका बाणी मात्रै लाग्ने हाम्रा जिब्राले यस्तो उत्तरलाई खल्लो त मानिहाल्छ नि ! अझ तीतो मान्छ । टर्रो र अमिलो लाग्न सक्छ ।
बंगलादेशमा यस्तो बिद्रोह किनभयो र नेपालमा चाहिं किन हुँदैन ?
अब पलेंटी कसेर बसौं है त !
जसले बंगलादेशको जन्म गराए, तिनै शेख मुजबुर रहमानको शालिक फुटाउँदै, उनै रहमानकी छोरी शेख हसिनालाई प्रधानमन्त्री पदबाट हटाइएन मात्रै, ४५ मिनेटभित्र देश नछोडे ज्यान जाने स्थिति बनाइयो । र उनी भारतमा शरण पर्न तुरुन्त देश छाडिन् । अनि बिद्रोहीहरु हसिनाको घरमा घुसे, भएभरका सामान लुटे, उनका भित्री लुगाहरु (ब्रा) प्रदर्शन गदै लगियो । उनका सारी लगाएर लोग्ने मान्छे निस्किए सडकमा ।
त्यो ‘ट्र्याजिक रोमान्स’थियो ।
आरक्षणको भूस
जागीरमा संशोधन गरिएको आरक्षण नीति (९३ % खुल्ला) र सर्वोच्च अदालतले गरेको पैmसलाको विरुद्धमा विद्यार्थीं पहिला विरोधमा उत्रिए । धरपडक सुरु भयो, प्रदर्शनकारीको मृत्यु हुन थालेपछि विद्यार्थीहरुले हसिनाको राजीनामा मागे । तर हसिनाले त्यसको दोष जमात ए इस्लामीक संगठनलाई देखाइन् । अनि हिंसा रोकिन साटो बढ्यो, आतंककारी संगठनहरु र विदेशी संलग्नतापनि बढ्यो । परिणामस्वरुप, आन्दोलन उग्रबन्दै गयो ।
बेरोजगारीको बृद्धि र विवादास्पद चुनाव
आँकडाले के देखायो भने साढे ३ करोड युवाहरु त्यहाँ बेरोजगार छन् । गार्मेन्टको निर्यात खस्किनु, डलर खुम्चिनु, १० प्रतिशतभन्दा माथि मुद्रास्फिति हुनुले त्यहाँको अर्थतन्त्र नराम्रो बाटोमा गइरहेको देखियो ।
खालिदाजियाको बंगलादेश नेसनलिस्ट पार्टी लगायत अरु विपक्षीहरुले बहिस्कार गरेको चुनावबाट ‘वाकओभर’ पाएर प्रधानमन्त्री बनेकी हसिना विपक्षीहरुमाथि असहिष्णु थिइन् ।
बिदेशीचलखेल
बंगलादेशको यो अकल्पनीय सत्ता परिवर्तनको पछाडि अनेकौं विदेशी शक्तिहरुको हात रहेको पुष्टि भइरहेको छ । बंगलादेशमा त्यस्तो अकल्पनीय घटना भइरहँदा पाकिस्तानका उच्चपदस्थहरु मुस्कुराइरहेका थिए । खालिदाजियाको छोरो पाकिस्तानमै बसेर सबै योजना बनाइरहेको थियो । चीन र अमेरिका पनि शेख हसिनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको मित्रतालाई पचाइरहेको थिएन । अमेरिकाले आप्mनो बेस क्याम्प राख्न शेखहसिनालाई अनुरोध गर्दा उनले अस्वीकार गरिन् । राष्ट्र खण्डीकरण हुने सम्भावना उनले देखिन् । यही भएर अमेरिका र पश्चिमी मुलुकहरु हसिनाप्रति अनुदार रहे । अहिले उनलाई सरण नदिने युरोप र अमेरिकाको निर्णयले पनियही पुष्टि गर्छ ।
भारतको समस्य भनेको हिन्दु धर्म हो । अल्पसंख्यक हिन्दुहरुलाई बंगलादेशको परिवर्तनको नाममा ज्यादती, अमानवीयता, यातना र आतंक सभाअर्व हिन्दु भएको देश भारतलाई नैतिक समस्या परिरहेको छ । कसरी ती अल्पसंख्यक हिन्दुहरुलाई संरक्षण दिने ? यो उल्झनले भारत पीडित छ । बंगलादेश सिमानामा थुप्रिएका शरणार्थीहरुमा अधिकांश हिन्दु छन् । तिनलाई त्यहीं रोक्नु पनि छ, अनि संरक्षण दिनु पनि छ । कस्तो संकट ?
नेपालमा किन हुँदैन बिद्रोह ?
नेपालमा न त अफगानिस्तानको जस्तो, न त पाकिस्तानको जस्तो, न त श्रीलंकाको जस्तो विद्रोह हुन्छ । यहाँ नेपालकै जस्तो मात्रै हुन्छ ।
किन ?
पहिलो कुरा यहाँ कुनै जनता छैनन् । सबै नेता, सबै कार्यकर्ता । माथिकेन्द्रदेखि तल टोलसंम दलहरुले पार्टी सदस्यको नामको कागजथमाएर तिनका नाकमा नत्थी लगाई दिएका छन् । नत्थी यसरी लागेका छ कि तिनले तिनको दल र तिनका नेता बाहेक अरु कसैको पनि विश्वास गर्दैनन् । अरु कसैलाई पनि आदर्श मान्दैनन् । कसैलाई पनि देशप्रेमी, विकासप्रेमी मान्दैनन् । आप्mनो दल र तिनका नेताबाहेक बाँकी सबैलाई भ्रष्ट, नीच, प्रतिगामी, अनैतिक, बेइमान, जनबिरोधी, दलाल, शोषक, सामन्ती देख्ने आँखा बनाई दिएको हुन्छ त्यो पार्टी सदस्यको कागजमा । अनि त नेताले अरुलाई पाँडे गालीगर्दा, असभ्य बोल्दा पनि ताली पड्काउँछन् । नेताले माछा पकाउँदा पनि ताली पड्काउँछन् । नेताले मुक्का हान्दा पनि ताली पड्काउँछन् । झुटो बोल्दा पनि ताली पडकाउँछन् । जनतालाई वेवकुफ बनाउँदा पनि ताली पड्काउँछन् ।
किनभने यहाँ सबै नेता, सबै कार्यकर्ता । सबै मान्छे दलका । विद्यार्थी दलका । शिक्षक दलका । प्राध्यापक दलका । कर्मचारी दलका । वकिल दलका । न्यायधिस दलका । मजदुर दलका । किसान दलका । पत्रकार दलका । उद्योगपति दलका । डाक्टर दलका । नर्सदलका । हजामदलका । फोहोर सफा गर्ने दलका । ठेकेदार दलका । इन्जिनियर दलका । सहकारीवालाहरु दलका । होटलवालाहरु दलका । सुरक्षकमी दलका ।
को छ त नदलको ?
अनिती आप्mना दल र आप्mना नेताको विरुद्धमा श्रीलंका वा बंगलादेशमा जस्तो कोही जाई लाग्न जान्छन् त ? कोही पनि जाँदैनन् । सामान्य एउटा परीक्षण गरौं ।
खरवौं खर्च र भ्रष्टाचार गरेर जताततै पीच बाटा बनाइएको छ । तर कतिपय
(खासगरी मध्यपहाडी लोकमार्गमा) फराकिला सुन्दर बाटाहरु छन्, तर दिनभरीमा त्यहाँ पाँचवटा गाडी पनि हिँडदैनन् । अनि मार्गको आसपासमा न त घरहरु छन्, भएका घरहरु पनि बंजर छन्, खाली छन् । सबै राइमाइला भइरहेका छन् । ती गाउँ रित्ता बन्दै गएका छन् । जंगला मुलूक भएको छ हिजो अन्न फल्ने जमिन । युवाहरु यो देशको नेतृत्वसंग विश्वस्त छैनन् । ती देश छोडिरहेका छन् । अनि कसैले विश्व विद्यालयका प्राध्यापकहरु बसे ठाउँमा ‘बाटो बन्नु मात्रै विकास होइन, यो त सिर्पm पुर्वाधार हो । त्यो बाटोबाट कति आर्थिक गतिविधि भयो, कतिको जीवन स्तर बढ्यो, कति रोजगारी र आम्दानी बढ्यो, कति स्थानीय उत्पादनले बजार पायो र राष्ट्रिय उत्पादन बढेर आयातलाई प्रतिस्थापन गर्न सक्यो, त्यो पो बिकास हो त ..’ भनि हेर्नु, तपाईंलाई तीप्राध्यापक, शिक्षक भनाउँदाहरुले काँचै खाइदिन्छन् ! तपाईलाई यसरी उडाउँछन्, त्यसपछि तपाईंको मुखबन्द हुन्छ । अर्थात् तिनले तपाईंको कुरा स्वीकार्दैनन्, बिकास भनेको यही हो भनेर अनेक तर्क निकाल्छन् ।
नत्र तपाईले पनि यो गरिहेर्नु न एक पटक ।
त्यसैले ‘नेपालमा नेपालको जस्तो मात्रै विद्रोह हुनसक्छ’ भनेको के हो भने त्यो विद्रोहलाई कुनै विदेशी शक्तिले नेतृत्व गर्नुपर्छ । सात सालमा भारतको साथ थियो । किनभने राणाहरुले अंग्रेजहरुलाई मद्दत गरेका थिए, अंग्रेज भारतबाट खेदिएपछि खेदिेने पालो राणाहरुकै थियो । २०१७ सालमा इन्दिरा गांधीको सहयोग थियो । २०४६ सालमा चन्द्रशेखरको सहयोग थियो । माओवादी आन्दोलन र २०६२ ÷ ०६३ को आन्दोलनमा क्रिश्चियन भारतीय कांग्रेस, जो सत्तामा पनि थियो, उसको सहयोग थियो । तिनले दिल्लीमै बोलाएर काम तमाम् गरिदिए नेपालको भविष्य । अब नेपालमा पनि बंगलादेश वा श्रीलंकाको जस्तो केही हुन्छ भन्ने कसैले तर्क गर्छ भने त्यो बुद्धि विलासिता मात्रै हो । यथार्थ होइन । किनभने सबैको ध्यान दल र तिनका नेता खुशी पार्ने, अनि दल र नेता तिनका सदस्य खुशी पार्ने ध्याउन्नमा यो राज्य अघि बढिरहेको छ ।
यो सुध्रिनेवाला पनि छैन ।
र बंगलादेश वा श्रीलंका ब्लुजको पीडा भने हामीलाई कहिल्यै हुने छैन । ननभेजले मज्जाले मासुभात खाएर पल्टिँदा हुन्छ !
अनि भेजले घीउभात !