अर्थ लेख विचार/वहस

आयात रोकेर फलफुल खेतिको प्रवद्र्धन गर्न आवश्यक

देशमा हरेक वर्ष फलफुल आयातमा खरबौं रकम बाहिरिरहेको छ । नेपालमा उत्पादन हुने स्याउ, सुन्तला, कागतीले बजार नपाएको किसान गुनासो सुनिन्छ । बजारमा भारतीय र चिनीया स्याउ प्रशस्त पाइन्छ । वार्षिक करिब पाँच अर्ब रुपैयाँको स्याउमात्र नेपालमा आयत हुन्छ भन्ने तथ्त्याङ्क सरकारसँग रहन्छ । स्याउ, सुन्तला, आँप, कागती धेरै आयात हुन्छ । नेपालमा आयात भैरहेकासहित भुइँकटर, मौसम, जुनार, अम्बा, लिची, ग्राउन्ड एप्पल, केरा, अनार खेती गर्न सकिन्छ। नेपालले भारत, बङ्लादेश, थाइल्याण्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरिया लगायतका मुलुकबाट फलफूल आयात भैरहेको छ। फलफूल व्यवसाय खाद्य पोषण सुरक्षाका दृष्टिले मात्र नभई रोजगारी, निर्यात व्यापार र विदेशी मुद्रा आर्जन गर्न सकिने भए पनि सरकारको दीर्घकालीन रणनीति बनाउन नसक्दा फलफूलमा विदेशको भर पर्नुपर्ने अवस्था द्यावधिक कायमै छ ।
नेपालको भौगोलिक विविधता र हावापानीको विशिष्टता भएकाले पनि विश्वको कुनै पनि ठाउँमा हुने फलफुल नेपालमा हुन्छ । नेपालमा उत्पादन गर्न सकिने भए पनि फलफूल उत्पादन वृद्धि हुन सकेको छैन । सरकारले फलफूल विकासका लागि फलफूल विकास निर्देशनालय बनाए पनि अपेक्षित काम गर्न सकेको छैन । दीर्घकालिन कृषि योजनाले स्याउ, सुन्तलाजात लगायतका फलफूललाई उच्च मूल्यवान बालीको रुपमा लिए पनि परिणाम आउन सकेको छैन ।
विश्वमा लगाइएको फलफल नेपालका कुनै न कुनै भुभागमा हुने गर्दछ । भौगोलिक उंचाईलाई हेर्दा नेपालको दक्षिणी भाग तराईमा समथर भूभाग क्षेत्रदेखि प्रायः उत्तरी भूभागतर्फ क्रमशः उँचाई बढ्दै गएको पाईन्छ, सवैभन्दा कम पूर्वी तराईको झापाको केचना कबलको उँचाई करीव ५८ मीटर समुन्द्री सतहवाट माथि देखि विश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८ मीटर) सम्मको उंचाई पाईन्छ । तराई तथा भित्री मधेशमा उष्ण प्रदेशीय फलफूल खेती गर्न सकिन्छ भने मध्य–पहाडमा उपोष्ण तथा सम–शितोष्ण फलफूल र उतर तर्फ उच्च पहाडमा शितोष्ण फलफूल खेती गर्न सकिन्छ ।
तराई तथा भित्री मधेशमा उष्ण प्रदेशिय अर्थात वर्षे फलफूल, मध्य पहाडमा सुन्तलाजात फलफूल तथा समशितोष्ण फलफूल, उच्च पहाडमा शितोष्ण फलफूल खेतीका व्यवसायिक खेती गर्न सकिन्छ । देशका सतहत्तरै जिल्लाहरुमा व्यवसायिक पकेट क्षेत्र कायम भएको छ ।
जसमा स्वस्थ जीवनलाई चाहिने खनिज तत्व, भिटामिन, एन्टि अक्सिडेण्टहरु पाईन्छ । मानिसलाई दैनिक आवश्यक पर्ने पोषक तत्व पनि फलबाटै प्राप्त हुने र विभिन्न रोगको शिकार बन्नबाट बच्ने आधार बन्दछ ।
नेपाल विश्वमै वातावरणमा सुन्दर देश मानिन्छ । यहाँ समतल भुभागदेखि उच्च हिमशृंखलासमेत भएको हुनाले यहाँ सबै जातको सबै फलफुल लगाउन मिल्ने वातावरण रहेको छ ।
तर विडम्बना नै भन्नुपर्छ । नेपालका डाँडा, पाखा, समथर भुभाग बाँझो राखेर लाखौं टन फलफल बाहिरबाट आयात गरिन्छ । नेपालमा हरेक वर्ष १० लाख मेट्रिकटन फलफुल उत्पादन हुने र मागलाई धान्न नसकेको कारणले बाहिरबाट आयात गरिएको सरकारी सम्बन्धित पक्षको दावी छ । सोही दावीले हरेक वर्ष अरबौं रकम फलफुलको नाममा बाहिरिने गरेको छ ।
फलफूल ब्यबसायलाई अभियानकै रुपमा ब्यापक विस्तार गरी आगामी १० वर्ष भित्र प्रमुख फलफूलहरुमा देशलाई आत्मनिर्भर बनाई निर्यात प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यले आ.व २०७४ देखि २०८२÷८३ सम्मलाई “फलफूल दशकको रुपमा र आ.व. २०७५ लाई “फलफूल (रोपण) वर्ष”को रुपमा अघि सारिएको थियो जुन कागजमै सीमित बन्न पुगेको छ ।
अंग्रेजीमा एउटा भनाई नै छ “इलभ बउउभि ब मबथ, पभभउक मयअतयचक बधबथ“ अर्थात “दिनको एउटा स्याउ खाने गरेमा डाक्टरकोमा जानु पर्दैन“ भन्ने भनाई छ ।
यसर्थ मानिसका जीवनमा बाच्नका लागि निरोगी बन्न कालागि प्रतिरोधात्मक क्षमता बढाउन हरेक औषधीय गुणले भरिपूर्ण भएका फलफुलको राम्रो उत्पादन नेपालमा हुने र तिनीहरुलाई बजारीकरण गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पु¥याउन सक्ने अवस्थालाई अब तीन तहकै सरकारले बुझेर कार्यान्वयनमा ल्याउन सकिन्छ ।
स्याउ, सुन्तला, आँप, कागती नेपालमा धेरै आयत गरिन्छ । नेपालमा आयात भैरहेकासहित भुइँकटर, मौसम, जुनार, अम्बा, लिची, ग्राउन्ड एप्पल, केरा, अनार खेती गर्न सकिन्छ । फलफूल व्यवसाय खाद्य पोषण सुरक्षाका दृष्टिले मात्र नभई रोजगारी, निर्यात व्यापार र विदेशी मुद्रा आर्जन गर्न सकिने भए पनि सरकारको दीर्घकालीन रणनीति बनाउन नसक्दा फलफूलमा विदेशको भरमै बाँच्नुपर्ने अवस्था विद्यमान छँदैछ ।
देशमा हिजोआज बृक्षारोपणको बाढी चलेको छ । कुनै वार्षिकोत्सव होस् वा जन्मोत्सव वा अन्य कुनै अवसरको सदुपयोग भनेको बृक्षारोपणबाट गर्ने प्रचलन बढ्दै गएको छ ।
बृक्षारोपणका लागि आवश्यक नर्सरी हरेक लाखौं लाखौं बाँडिएका वा बिक्री भएका खबरहरु आइरहेका हुन्छन र ति विरुवा विभिन्न अवसर पारेर रोप्ने गरिन्छ तर रोपिएको विरुवाको दिर्घकालिन लाभ वा हानीका विषयमा कसैले अनुमान गरेकै हुँदैन । जस्तो सुकै विरुवा पनि रोपिदिने र क्षणिक लोकप्रियता हासिल गर्न अहिलेको समाज अगाडि बढेको देखिन्छ ।
विरुवाको नर्सरीमा कुन विरुवाले कति वर्षमा के दिन्छ । कुन ठाउँको लागि विरुवा खरिद गरिँदैछ त्यहाँको आवापानी र माटो कुन प्रकारको छ भन्ने बुझेर मात्र विरुवा बेच्नु पर्नेमा व्यापारको नाममा जथाभावी विरुवा दिएर जे पनि रोपिदिने गर्नु व्यवहारिक ठहरिँदैन । बृक्षारोपण सर्बपक्षिय सोचका साथ लगाईनु पर्दछ । एकातिर नेपाल बेराजगारीले समस्याग्रस्त मुलुक होल बेरोजगारीकै कारण यहाँ दैनिक अपराधिक घटना घट्ने मात्र गरेका छैनन लाखौं नेपालीले आफ्नो यौवनकाल विदेशीलाई सुम्पिएका छन् । अर्कोतिर आत्मनिर्भरको माध्यम खोजिनु पर्दछ । आत्मनिर्भर भईयो भने सबै समस्याको समाधान एकै ठाउँमा पाउन पनि सकिन्छ । व्यक्तिगत समृद्धिसँगै राज्य समृद्ध बन्ने हो । राज्यको समृद्धि यिनै गाउँघर, भिर पाखामा गरिएका गतिविधिले निर्धारण गर्ने हो । सुन्दा सामान्य छ । विरुवा रोपे भन्ने । तर त्यसले पनि समृद्ध बनाउन सक्छ भन्ने हेक्का पनि हुन जरुरी छ ।
पाँचथरको फिदिम नगरपालिकाले बृक्षारोपणको एदाहरणीय कामको समाचार बाहिरियो । सो नगरपालिकाकामा एक वर्षमा एक लाख ३७ हजार दुई सय ४२ वटा फलफुलका बिरुवा रोपिएको छ । सो नगरपालिकाले नगर क्षेत्रका १४ वडामा विभिन्न वडामा सुन्तला, एभोकाडो, कागती, लिची, चिया, अलैँची, किवी, चिया र कफीका बिरुवा रोपिएको नगर प्रमुख मित्रप्रसाद काप्mलेले बताएका छन् । त्यहाँ फलफुल खेतिलाई लक्षित गरेर नै जनतालाई आत्मनिर्भरतातिर उन्मुख गराउन एक लाख २५ हजार क्षमताको नर्सरी स्थापना गरिएको छ ।
यसैगरी धरान नगरपालिकाका मेयर हर्क साम्पाङले भिडियामार्फत तै अबको केही वर्षमा झोला लिएर आम खाने कि, कटहर खाने कि, लिची खाने कि, तरकारी लाने कि आउनु अनि लिएर जानुस भन्दै हिंडिरहेका छन् । धरानमा पनि ठूलो क्षेत्रमा फलफुलाई प्राथमिकता दिएर बृक्षारोपण गरिएको छ । जंगलभित्र पनि बाँदर आतंक कम गर्न फलफुलका विरुवा साम्पाङ्को अगुवाई रोपिएको छ । अब फलफुल खेतीबाट साँच्चिकै देशलाई आत्मनिर्भर बनाएर निकासी गर्ने इच्छाशक्ति तीनै तहका सरकारमा छ भने माटो अनुसारको नर्सरी स्थापना गरेर आयमूलक बृक्षारोपणमा बढी जान दिन आवश्यक देखिन्छ ।

Author

You may also like