शिक्षा

एसईई चैत १५ देखि

बिर्तामोड, १४ माघ। माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।

बीचमा फागु पूर्णिमा परेकाले कार्यतालिका हेरफेर गरेर चैत १५ देखि २७ सम्म परीक्षा गर्ने निर्णय भएको बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले जनाए । यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेशन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् । यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ ।

You may also like