दमक, ०३ माघ। दमक जेसीजको संरक्षण, सम्बद्र्धन र संस्थागत विकासकालागि गठित पूर्व अध्यक्षहरुको संस्था बोर्डअफ ट्रष्टिज (द्यइत्) को पुनर्गठन गरिएको छ । मंगलबार गठित नयाँ कार्यसमितिको अध्यक्षमा गञ्जबहादुर दाहाल चयन भएका छन् । जसको सचिवमा सन्तोष अधिकारी, कोषाध्यक्षमा कमल कटुवाल र सदस्यहरुमा भगवान बस्नेत र चन्द्र खत्री दाहाल रहेका छन् । सो समितिमा शाखा अध्यक्ष पदेन सदस्य र निवर्तमान अध्यक्ष स्थायी आमन्त्रित सदस्य रहने ब्यवस्था रहेको छ । नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी तथा दमक जेसीजका पूर्व अध्यक्षहरुको उपस्थितिमा भएको भेलाको अध्यक्षता संस्थाका अध्यक्ष लोकबहादुर अधिकारीले गरेका थिए ।
