मुख्य स्वास्थ्य

केर्खामा डेंगुको बासस्थान नष्ट

केर्खा, २३ असोज –
नेपाल रेडक्रस सोसाईटी कमल उपशाखासहित विभिन्न एक दर्जन बढी संघसंस्थाहरुको संयुक्त आयोजनामा सोमबार झापाको कमल गाउँपालिका ३ स्थित केर्खा वजारमा डेंगुको बासस्थान नष्ट गर्ने काम भएको छ ।
अभियानका रुपमा सञ्चालित कार्यक्रममा सरसफाइका क्रममा डेंगी सार्ने लार्भा खोज तथा नष्ट गर्नुका साथै त्यहाँको वजार समेत सरसफाई गरिएको सचिव पारसमणि राईले बताए ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता तथा रेडक्रस झापाका उपसभापति मित्रदेव काफ्लेको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमा सहभागिहरुले स्थानीय केर्खा मैदान, वजार क्षेत्रका मोटरसाईकलका ग्यारेजमा पानी जमेका स्थान नष्ट गर्नुका साथै वजार सरसफाई समेत गरिएको थियो ।
केर्खा प्रहरी चौकीमा अभियान शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष राईले आफनो ठाउँ आफै बनाउन सकेमात्र समाज रुपान्तरण हुने उल्लेख गरे । रेडक्रसहित विभिन्न संघसंस्थाहरुको सक्रियतामा आयोजना गरिएको उक्त वृहत कार्यक्रममा कमल उद्योग वाणिज्य संघ, कमलनगर जेसीज,केर्खा वजार व्यवस्थापन समिति,फाल्गुनन्द टोल विकास संस्था, समावेशी महिला शसक्तीकरण संस्था,शान्ति संगम टोल विकास संस्था, तोपगाछी खानेपानी तथा सरसफाई उपभोक्ता समिती स्किम न. १, प्याव्सन कमल, प्रहरी चौकी केर्खा, नेपाल आदिवासी जनजाति महासंघ कमल लगायतका संघसंस्थाको दुई सय बढी व्यवसायी, प्रहरी, सामाजिक अगुवा तथा सर्वसाधरणहरुको सहभागिता रहेको थियो । सरसफाईमा विभिन्न संघसंस्था तथा व्यक्तिले सरसफाईका सामाग्रीहरु उपलव्ध गराएका थिए ।

Author

You may also like