मुख्य लेख विचार/वहस

राजनीतिक खिचातानीमा रुमल्लिएको नेपाल

ओमप्रकाश गौतम
जनताले आशा गरेका, विश्वास गरेर जनमत दिएका प्रत्येक पार्टीहरु आज उनीहरूको आँखामा बिझ्ने काडाहरुमात्र बन्न पुगेका छन । पटकपटक महान नेपाली जनताले दिएको माइन्डेड आज गुमनाम भएको छ । अब त केही होला कि जनताको चाहाना पूरा होला कि भन्यो कतै पूरा हुने लक्षणै देखिन्न । जहाँपनि जतापनि भ्रष्टाचार, कालोबजारीका कारण अनेक क्षेत्रमा लुटपाट मात्रै छ । हिजो जनताले रुचाएका, रिझाएका ठूलाठूला नेताहरुलाई आज तथानाम गालिरहदा सम्म तै चुप मै चुप नबोल्ने अवस्थामा छन, हाम्रा नेताहरू ? आखिर किन यस्तो हुँदैछ त, नयाँ नेपालमा ? यसको उत्तर दिने ल्याकत छ कुनै चम्चे नेताहरुको भक्तिभाव गर्ने ठुटे नेताहरूको ? कसैको पनि छैन ? उत्तर दिउन त जनताको कुटाइ खाने डर छ । नेताहरु जनताप्रति उत्तरदायी छैनन । हिजो खान नपाएकाहरु आज मालामाल भएका छन । उनीहरूलाई जनताको आँखामा छारो हाल्नदेखि अरु कामै छैन । उनीहरू बयोबृद्द भएर भाषण गर्नसम्म बोली लर्बरिने हुँदासम्म टिकट आफ्नै दाउमा पार्ने ध्याउन्नमा छन । पढेलेखेका युवाजति सबै मुग्लानपसे पछि त उनीहरूकै हालिमुहाली छ । हिजो एकतन्त्रीय शासन पद्धतिमा यो विकृति र बिसङगति थिएन भने अहिले ज्यूका त्यूँ छ । यसलाई कुनैपनि दल र तिनका नेतृत्व वर्गले आशातित प्रगति गर्नै सक्दैनन । यहाँ अहिले बन्दै गरेका नयाँ दलहरु र तिनका नेतृत्व बर्गले जतिसुकै क्रान्तिकारी भाषण दिउन, नयाँ(नयाँ एजेण्डा ल्याएर नेपाली जनतालाई ललिपप खुवाउन यहाँ अलौकिक परिवर्तन हुनेवालै छैन । भन्निछ नि “जुन…….आएपनि …….चिरेका ।” यहाँ हुनेवाला केही छैन फाइदा हुन्छ त तिनै हिजो चोरेर, लुटेर, ढाटेर, आँखा छलेर खाने तिनै दलहरुका आसेपासेमात्र मालामाल हुन्छन यसको फेहरिस्त उदाहरण हेर्न अमेरिका, भारत, चाइना, स्विजरल्याण्ड कहिँ जानै पर्दैन । यहीँ नेपालमै हेरे पुग्छ किनकि हिजोको १० बर्षको बालकले पनि बुझिसक्या छ कि लोकतान्त्रिक गणतन्त्रमा हिजो के भयो अहिले के हुँदैछ सबैलाई थाहै भएको छ । यहाँ कुरो र कुलो जता लगेपनि हुन्छ, हामी कलमीको नीवको मसी कालो हुन्छ रातो कहिले हुन्न । यदी भयो भने जब कुशाग्रबुद्धि भएका नेताहरूले जब राजनीतिक टूयाक छोड्छन नि अनि हाम्रो स्वतन्त्र कलमको नीवमा रातो मसीले लेपन गर्छ यसमा हामी तमाम सर्जक, कलाकार, विभिन्न संचारकर्मी एक भएर देशलाई दोहन गर्नेहरुका विरुद्ध एकजुट हुनेछौं तर दलीय सिण्डिकेटमा लागेर सरकारी निमक खानेहरु र पित पत्रकारिता गर्नेहरु हाम्रा हिमायती पटक्कै हुन्नन । आज देशमा चौतर्फी हाहाकार छ, सत्तालिप्साको भर्याङ्ग चढनेहरुले दिनका दिन देशलाई पस्चगमनतर्फ फर्काउदैछन । आज पो के होला ? भोलि पो के होला भनेर सोचिरहेका नेपाली जनताहरु भित्रभित्रै मुर्मुरिरहेका छन तर उनीहरूलाई थुम्थुम्याउने दलका आसेपासेका कारण जनता चुप लागिरहेका छन । आज सामाजिक संजालमा, युट्युबमा, अनलाइन खबरमा, टिकटकमा, इन्स्टाग्राममा राखेका भिडियो, समाचार हेर्नुस त एकादुका बाहेक कुनैपनि सकारात्मक कमेन्ट तपाईंले देख्नुहुन्न खालि नेताहरूप्रति बितृष्णा जनाउने कमेन्टमात्र देख्न सकिन्छ । आखिर यो कसले बनायो त प्रश्न यहाँ छ कि यो अवस्था बनाएको नेताले पटक्कै होइन हामी दलीय सिण्डिकेटमा लागेर उनीहरूको लवेदा समात्नेहरुनै हो किनकि हामीले आफैले आफैलाइ चिन्न सक्या छैनौ । यो नचिनेकै कारणले आज हामी भित्रभित्रै निस्सासिन बाध्य बनाइएका छौं, हामी प्रतिकार गर्न सक्दैनौ, यति जान्या छौ कि सडकमा टायर बाल्न, यातायातका साधन जलाउन, पठनपाठन बन्द गर्न, ब्यापार बन्द गर्न यतिमात्र पाठ सिकाएछ, लोकतान्त्रिक गणतन्त्रले । हामी सभ्य नागरिक बन्न चाहेनौ, हामीलाई कसैले उचालेको र थेचार्दै गरेकोसम्म थाहै पाउदैनौ अहिले । यो कविताको हरफले यही दिशाबोध गर्दैछ–
हामी कति उचालिदैछौ हैन ?
न अघि थाहा पाउछौ न पछि
हामीलाई हाम्रै अनेकन वादले थेचार्दैछ
गन्तव्य कत्ता हो ?
थाहै छैन, बेसुरमा हिडिरहेछौ
जनता नुन खान नपाएर मर्दैछन
बिरामी हुँदा सिटामोल किन्ने रकम छैन
ऋणको बोझ बोकेर जन्मिएको शिशु
ऋणमै जिन्दगी चलेको छ
हामी यता बाझाबाझ गर्छौ
उता मालामाल मन्त्रालय बाढाबाढमा सरकार चल्दैछ
हामी हल्लिरहेका छौ, चम्चागिरी गर्दैछौ
अब गर्ने कतिन्जेल ?
हिजो गर्यौ
आजपनि गर्दैछौ किन ?
किनकि
हामी त उनीहरूको इशारामा नाच्ने नर्तकी रहेछौ
उनीहरू दाम र नाम कमाउछन
हामी फगत उनीहरूकै दास बन्दैछौ ।
हो, वास्तवमा हिजोआज हामी उनीहरूकै दास बनेर प्रचारवाजी गरिरहेका छौ ्र हामीलाई राजनीतिले किल्ला लाइदिएको छ, त्यो किल्ला भाच्ने ल्याकत हामीमा छैन । हामी जनता झगडा गर्छौ, झण्डा च्याताच्यात गर्छौ । यहीनै हाम्रो गलत संस्कृति बनाइदियो राजनीतिले । तपाईं छातीमा हात राखेर भन्नुहोस कि अहिले देश कसको हातमा चलेको छ ? कहिले पुनरावलोकन गर्न सक्नुहुन्छ ? हिजो अनेकन काण्ड लागेका आज सरकारमा छ्न त कोहि विपक्षमा बसिरहेका छन उनीहरूलाई कार्वाहीको मिनाहा भारत र अमेरिकाका नेताहरुले हाम्रा नेताहरुको इशारामा गरिरहेका छन । हिजो त्यत्रो काण्ड चलेको मुद्दा आज बिचाराधिन छैन सबै किनारा लागिसकेको छ । हिजो कुनै दलीय सिण्डिकेटमा लागेका राजनीतिक बिष्लेषक आज गुमनाम छन केही बोल्दैनन । “बोल्यो कि पोल्यो” भन्ने अवस्थामा छन । राजनीति यति तरल अवस्थामा छ कि यहाँ जसले जे गरेपनि भयो, मनपरि बोलेपनि छुट छ । राम्रो कामगर्नेहरुलार्इृ आरोप लाएनी भो, आखिर बोल्ने को हो त, अब ? सम्झेर ल्याउँदा हामी युवाहरुको धैर्यताको बाध फुटेर आउँछ । नफुटोस् पनि कसरी हिजो चुनाव ताका तिनै युवाहरूलाई स्वरोजगार दिने बहानामा अनेकन उपाय खोज्ने नेताहरूमात्र आज मोजमस्तीमा रहेको देख्दा खुन तातेर आउँछ युवाहरूको । आज हातमा प्राविधिक शिक्षा आर्जन गरेकाहरु बेरोजगार अनि घरबार बिहिन बन्न बाध्य छन । आफूसङ्ग भएका सर्टिफिकेट सिरानीमा राखेर बस्नुपर्या छ ्र हुन त नेताहरूले युवाहरूलाई जबर्जस्ती पार्टीमा आवद्ध हुन लगाएको त पक्कैपनि होइन तर जानिजानि आजका युवाहरु बेरोजगार बन्न पुगे । कति त यथार्थ बुझेर हो कि भविष्य नेपालमा नदेखेर हो कि दिनका दिन बिदेशिनेको लर्को लाग्या छ ्र यो सब बेरोजगार युवाहरु बढेर हो । उनीहरूले सिकेको सीप र दक्षता यही नेपालमै रोजगार पाएका भए साहुबाट ऋण काढेर पक्कैपनि बिदेशिनु पर्दैन्थ्यो ्र अर्को कुरा, दिगो शान्ति र स्थायित्वको लागि स्थायी सरकार नबनेरै होला, देशमा शान्ति स्थापना नभएको हो । अब चाडपर्वपनि आउन लाग्यो, महङ्गी बढदो छ, लुटपाट, अपहरण बढदो छ । आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक तरल अवस्थामा छ । खिचातानीमै रुमल्लिएको यो नयाँ नेपालमा सर्वत्र कान्ती छाउन सक्ने खालको वातावरण नेताहरुले बनाउन सकून । सबैमा यो कलमीको शुभकामना ।

Author

You may also like