देश–समाज मुख्य राष्ट्रिय समाचार स्थानीय

सशस्त्र प्रहरी संगठनले राष्ट्रिय जीवनमा उच्च पराक्रम, अदम्य साहस, सौर्य र वीरता प्रस्तुत गर्दै आईरहेको महानिरीक्षक अर्यालको भनाई

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बुधबार आयोजित ‘२४औं सशस्त्र प्रहरी दिवस कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनलाई डो¥याउन अग्रजहरुले देखाएको त्याग, बलिदान र समर्पणको उच्च प्रशंसनीय रहकाे बताएका छन् ।

कर्तव्यको बलिवेदीमा प्राणोत्सर्ग गर्दै संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहत श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै कर्तव्यपालनको शिलशिलामा घाइते भई उपचाररत सकल दर्जाका राष्ट्रसेवकको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

आफूले स्थापनाको २५औं बर्षमा आफ्ना नविन पाइलाहरु पदार्पण गरिरहँदा संगठनले राष्ट्रिय जीवनमा आइपरेका विभिन्न घटनाक्रम तथा चुनौतीहरुमा उच्च पराक्रम, अदम्य साहस, सौर्य र वीरता प्रस्तुत गर्दै आईरहेको उल्लेख गर्दै भविष्यमा समेत देश र देशवासीलाई सर्वोपरी ठानी नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई साकार रुप दिई सुशासन तथा तिब्र आर्थिक बृद्धिको लक्ष्य पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल प्रतिवद्ध रहेको बताए ।

महानिरीक्षक अर्यालले नागरिकको अपेक्षा अनुरुपको सुरक्षा हाम्रो सरोकारको रुपमा ग्रहण गरी राज्यको जिम्मेवार, भरोसा योग्य र व्यावसायीक सुरक्षा निकायको रुपमा जनमानसमा स्थान सुरक्षित गर्न सफल भएको विश्वास व्यक्त गर्दै सीमा सुरक्षाको अभेद्य पर्खालको रुपमा संगठनले तराईमा झापाको केचनाकवलको उष्णतादेखि सगरमाथाको चुचुरो हिमालको शुष्कतासम्म सबै भूगोलमा अर्थपूर्ण उपस्थिती जनाई नागरिकको उद्धारमा क्रियाशील रहि उद्धारका हातहरुलाई भूकम्प, बाढी पहिरो, आगलागी, महामारी तथा दुर्घटना जस्ता प्राकृतिक तथा गैह्रप्राकृतिक विपद्का घटनाहरुसम्म पु¥याउन हरदम तत्पर रहेको बताए।

राज्य तथा नागरिकको सुरक्षा कुनै व्यक्ति वा एकल संस्थाको प्रयासबाट मात्र नहुने हुँदा अन्य सुरक्षा निकायहरुसँग निकट समन्वयकासाथ राज्यप्रदत्त कार्यादेशहरुलाई कुशलतापूर्वक वहन गर्दै नेपाल सरकार तथा मजकुर गृह मन्त्रालयका नीति, कार्यक्रम, आदेश निर्देशनहरुलाई अक्षरश पालना गरी सेवाप्रतिको निष्ठाभावका साथ सकल दर्जा परिचालित भईरहेको बताउनुहुँदै सुरक्षा समन्वयमा अन्य सुरक्षा निकायहरुले प्रदर्शन गरेको बन्धुत्व र भातृत्वभावको सरहाना गरे ।

सशस्त्र प्रहरी बल नेपालका जवानहरुले जागिर हैन सेवा गर्नुपर्छ भन्ने भावनाका साथ काम गरिरहेका छन् भन्दै महानिरीक्षक अर्यालले भने–‘जागिर खाएर तलब बुभ्mने ध्यानमा होइन सेवा गरेर नागरिकको मन मष्तिस्क जित्ने अभियानमा हामी लाग्नु पर्छ’ भन्ने ध्येयका साथ सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई निरन्तरता दिई सीमा ईलाकाका जनतासँग रचनात्मक तथा भावनात्मक रुपमा जोडिन ६१ वटा स्वास्थ्य शिविर, ७ सय २७ जनालाई समुदाय विपद् स्वयंसेवक तालिम प्रदान तथा ५ सय १४ जना लाभान्वित हुने गरी सीपमूलक तालिम संचालन तथा ५३ वटा शिघ्र असर आयोजना जस्ता कार्यक्रमहरु संचालन गरिएको बताए।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नेपालमा देखिएको मुख्य सुरक्षा चुनौतीहरु मध्ये लागूऔषधको अवैध प्रयोग तथा कारोबार एक हो र सीमा क्षेत्रमा यसको प्रयोग अझ बढी पाइएकोले लागूऔषध, सीमा र युवा लक्षित ‘नशारहित युवा देशका कर्णधार, सुरक्षित सीमा समृद्ध राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागूऔषध दुव्र्यसनीसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम, समुदायका विद्यालयहरुमा सचेतनामूलक कक्षा संचालन, सडक नाटक, निबन्ध, कविता तथा वक्तित्वकला प्रतियोगिता, भारतीय सशस्त्र सीमा बलसँग समन्वयात्मक बैठक र सीमा नाकाहरुमा लागूऔषध सम्बन्धी कानूनी व्यवस्था उल्लेख गरिएको सूचनामूलक बोर्ड राख्नुको साथै सचेतनामूलक रेडियो कार्यक्रम समेत संचालन गरिएको बताए।

Author

You may also like