समाचार

ग्लोबल एकेडेमीमा चार दिने उत्प्रेरणा तालिम

दमक/ झापाको दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीमा मेघा उत्प्रेरणा सम्बन्धी ४ दिने तालिम बिहीबार सम्पन्न भएको छ ।
कक्षा ३ देखि १२ सम्मका विद्यार्थीलाई उत्प्रेरित गराई अनुशासित बनाउन, लक्ष्यप्रति ध्यान केन्द्रित गर्न, विद्युतीय लत (डिजिटल एडिक्सन) तथा लागु औषध (सब्स्ट्यान्स एडिक्सन) घटाउन, असल सन्तान बन्न मद्दत पुग्ने विद्यालयका प्राचार्य गुणराज अधिकारीले बताए ।
त्यस्तै तालिममा कसरी असल गुरु बन्ने, विद्यार्थी केन्द्रित गतिविधि कसरी बढाउने तथा शिक्षकहरुको सीप विकास गर्ने तालिम समेत सञ्चालन गरिएको सोही विद्यालयका शिक्षक कुलप्रसाद शिवाकोटीले जानकारी दिए । उक्त तालिम कार्यक्रम अक्सफोर्ड एकेडेमिक सेन्टर विर्तामोडको प्राविधिक सहयोगमा सञ्चालन भएको विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण गुरागाइँले जानकारी दिए । कार्यक्रममा शिवसताक्षी नगरपालिकास्थित झिलझिलेका ‘हाम्रो पाठशाला इष्टिच्य्ुट’ का एसईईको तयारी कक्षा लिइरहेका विद्यार्थीको समेत सहभागिता रहेको थियो । कार्यक्रममा सहजीकरण डिआर पराजुली म्याग्नेटले गरेका थिए । विद्यालयमा आगामी दिनमा निरन्तर यस्ता कार्यक्रम आयोजना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बस्नेतले बताए ।

Author

You may also like