दमक/ दमक मोवाइल व्यवसायी संघले स्थापना गरेको पत्रकार प्रोत्साहन पुरस्कार दमकका पुराना पत्रकार बिष्णु सुब्बालाई प्रदान गरिने भएको छ । संघको बैठकले पत्रकारिताका क्षेत्रमा लामो समयदेखि कृयाशील सुब्बाले पु¥याएको योगदानको कदर गर्दे उक्त पुरस्कार प्रदान गरिने निर्णय भएको अध्यक्ष भेनस श्रेष्ठले जानकारी गराए । पुरस्कारको राशी रु ५ हजार ५ सय ५५ र प्रमाणपत्र रहेको छ । सुब्बा नेपाल पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य तथा प्रदेशवाणी डटकम अनलाइन न्यूज पोर्टलका सम्पादक हुन् । उक्त पुरस्कार संघको आगामी चैतमा हुने साधारणसभाका अवसरमा प्रदान गरिने निर्णय भएको संघका सहसचिव दिपेश दाहालले बताए ।