विराटनगर/ मोरङको विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा विशेषज्ञ चित्कसकहरुले दिने ओपीडि सेवा निःशुल्क सुरु भएको छ । हस्पिटलले यही फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवा निःशुल्क गरेको हो ।
अस्पतालमा न्यूरो, हाडजोर्नी तथा नशा, मानसिक रोग, जेनरल फिजिसियन लगायतको ओपीडि सेवा सुरु गरेको अस्पतलाका निर्देशक दिनेश ठाकुरले जानकारी दिए । आर्यामा मष्तिक, मेरुदण्ड तथा नशारोग सम्बन्धी समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले सेवा दिँदै आएका छन् । यस्तै हाडजोर्नी तथा नशारोग सम्बन्धी सेवाका लागि डा. मिलन केसी, मानसिक रोग सम्बन्धी समस्याका लागि डा. आलोक झा, जेनेरल फिजिसियन सेवाका लागि डा. राकेश कुमार मण्डलले सेवा दिँदै आएका छन् । आर्याले अत्याधुनिक ‘एसीटि – ५० स्लाइस सिटी स्क्यान’ उपकरण जडान गरी संचालनमा ल्याएको छ । न्यूरो सम्बन्धी भरपर्दो उपचार गर्दै आएको अस्पतालले सिटी स्क्यान संचालनमा ल्याएपछि विरामीलाई झनै सुविधा पुगेको छ ।