समाचार

पूर्णानन्द शर्मालाई ‘राष्ट्रिय पुरस्कार’

कमल/ प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्मालाई यस वर्षको ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
महेन्द्रनारायण निधिको १०० औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनलाई रु एक लाख एक हजारसहित सम्मान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई पुरस्कार प्रदान गरिएको छ ।
झापा, कमल गाउँपालिका ५ मंगलवारे निवासी वयोवृद्ध दाहाल झापा कांग्रेसका पूर्व जिल्ला सभापति हुन् । राष्ट्रपतिले दाहालसहित पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता राजेन्द्र खरेललाई पनि नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरिन् । यस्तै ‘प्रेमसागरी देवी निधि पुरस्कारबाट सरस्वती चौधरी र सुवर्ण ज्वारचन पुरस्कृत भएका छन् । उनीहरूले पनि जनही रु एक लाख एक हजार प्राप्त गरे ।

You may also like