समाचार

दमकमा साढे ११ हजारलाई जोनसन खोप

दमक/झापाको दमकमा मंगलबार ९ हजार जनालाई कोरोना विरुद्धको जोनसन खोप लगाइएको छ । यही साउन २० गतेदेखि शुरु भएको जोनसन खोप अभियान दमकमा मंगलबार एक चरणका लागि सकिएको छ ।
यही जोनसन खोप दमकको बेलडाँगी शरणार्थी शिविरमा भने २६ सय २४ जनलाई लगाइएको दमक नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी कुवेर भट्टराईले जानकारी गराए । यसअघि ६४ सय जनालाई भेरोसेल खोप लगाइसकिएको छ । अहिलेको खोप अभियान एकपटकका लागि स्थगित भएको र आगामी भदौको पहिलो सातादेखि पुनः खोप आउने र लगाउन थालिने स्वास्थ्यकर्मी भट्टराईले बताए ।

You may also like