समाचार

कोभिड अस्पतालमा निःशुल्क खाना खुवाउने कार्य बन्द

दमक/कारितासले दमक कोभिड अस्पतालमा निःशुल्क खाना खुवाउने कार्य बन्द गरेको छ । आषाढ ९ गतेदेखि नियमित रुपमा कोभिड पोजेटिभभै दमक कोभिड अस्पतालमा उपचार गराइरहेका बिरामी तथा तिनका कुरुवा तथा अस्पतालका कर्मचारीहरुलाई खाना खुवाउँदै आएको थियो । लायन्स क्लव अफ दमक माउन्ट एभरेष्टले विगत दुई महिनादेखि नियमित रुपमा खुवाइ रहेको खाना मंगलबार कोभिड अस्पताल परिसरमा एक कार्यक्रम गर्र्दै औपचारिक रुपमा समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै कारितास नेपालका क्षेत्रीय प्रबन्धक देवेन्द्र पोख्रेलले कोभिडको महामारीका बिच मानवीय सहायता गर्न पाउँदा खुशी लागेको तथा स्थानीय सरकारसंग अझै हातेमालो गर्न तयार रहेको बताए । महामारीको लडाइमा कारितास नेपालले हाल गरेका र अब गर्ने कार्यहरुका बारेमा समेत प्रकाश पार्दै लायन्स संगको सहकार्यले दमक अस्पतालका बिरामीहरुले पौष्टिक तथा ताजा खाना खान पाएको समेत बताए । लायन्स क्लबका निवर्तमान अध्यक्ष दिनेश अग्रवालले कारितास संगको व्यवस्थापनमा खाना खुवाउने कार्य गर्दा सहज भएको बताए । कारितासको संयोजनमा निकै व्यवस्थित र पौष्टिक खाना खुवाएर सेवा गर्ने लायन्सको मूल मन्त्रलाई सार्थक पारेको बताउँदै यस्ता कार्यमा कारिताससंग पुनः सहकार्य गर्न पाउने अपेक्षा समेत राखेको भनाइ राखे ।
दमक नगरपालिकाकी उपप्रमुख तथा अस्पताल व्यपस्थापन प्रमुख गीता अधिकारीले स्थानीय सरकार ले गर्नुपर्ने काममा दमकका संघ संस्थाले गरिदिएकोमा धन्यवाद दिइन् । कार्यक्रममा दमक–२ का वडाध्यक्ष प्रजापति सापकोटा, अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट खड्ग लिम्बू, लाइफ लाइन अस्पतालका संस्थापक डा. सुर्यनारायण साह, कारितासका प्रतिनिधि एवम् लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो कार्यक्रममा स्वागत मन्तव्य गोविन्दराज कट्टेलले राखेका थिए ।

Author

You may also like