देश–समाज समाचार स्थानीय

नेपाल लेखापढी व्यवसायी एशोसिएसन इकाई झापाको बार्षिक साधारणसभा सम्पन्न

भद्रपुर । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति झापाको ११ औं अधिवेशन तथा १९ औं बार्षिक साधारणसभा चन्द्रगढीमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि समेत रहनु भएको झापा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेश प्रसाद लुईटेलले शनिबार सम्पन्न सभामा बोल्दै व्यावसायीले प्रविधि मैत्री कम्पुटर प्रणालीमा जान आवश्यक रहेको बताउदै सेवाग्राहीको काम गर्दा अदालतको गरिमा बढाउने गरि कागज र प्रमाणको आधारमा गर्नु पर्नेमा जोड दिए । समिति अध्यक्ष लावण्य कुमार पोखरेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संसथाका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा सत्प्रतिसत भु सेवा मार्फत लिखद दर्ता गर्ने समितिका उपाध्यक्ष प्रकाश निरौला, पुर्व कोशी प्रदेश संयोजक युवराज कार्की, संस्थापक रामचन्द्र भट्टराई लगायत कक्षा १२ मा उत्कृट अंक ल्याई उत्रिर्ण हुने छात्रछात्रा,अग्रज लेखापढी व्यावसायी, कर्मचारी लगायत १ दर्जन माथि लाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा भुमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका प्रमुख लेवलकस्यप अधिकारी, समितिका केन्द्रीय उपाध्यक्ष गोविन्द पोखरेल ,समिति का पुर्व अध्यक्ष रमेश पोखरेल,कन्चन न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
पोखरेलको अध्यक्षता तथा समिति सचिव मुरारी न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष निरौलाले गर्नु भएको थियो । समितिले यहि सोमबार नयाँ कार्य समिति समेत चयन गर्ने समितिले जानकारी दिए ।

Author

You may also like