:— टंक आचार्य —:
– No control–but Love, नियन्त्रित प्यारले जीवन बिगार्छ, स्वतन्त्र मायालाई नै अन कडिशनल प्रेम भनिन्छ ।
अझ अर्को अर्थमा प्यार भनेको ’वेयर देयर ईज रूल – देयर इज नो लभ्स, वेयर देयर इज लभ–द्याट ईज नो रुल ।
– मान्छे दुखि छ भने उसलाई अंगालो हालेर (ज्गनभ त्जभचबउजथ) माया गर्नुस् हग थेरापी कम्तिमा १५ सेकेण्डको हुनुपर्छ, त्यस्ता दुखी मानिसको लागि यो पद्दती नै दबाई –ःभमष्अष्लभ) बन्छ । युवा– चुवतीको विवाह हुने वित्तिकैको हनिमूनले महिनौसम्म खुशी र आनन्द दिन्छ । यो एक महिनासम्म ती दुईको अवधि भर आएको आनन्दलाई हनिमून इफिेक्ट (Honey–Moon effect) भनिन्छ यसलाई पनि औषधि विज्ञानको एक ट्याब्लेट, एक प्याकेज भनिन्छ । यदि नव–विनाहित, पुराना जोडी या आफन्त र छोरा–छोरी जो कोहीलाई पनि अंगालो मारेर प्यार गरिन्छ भने उसका लागि जीवन भर हानिमून बन्न सक्छ– त्यसैले यो ‘हग धेरापी’ विश्वभर लोकप्रिय पनि छ । प्यार र युद्धमा सबै थोक जायज हुन्छ– उखान पनि छ ।
– परिवारमा, घरमा साधनको हैन मनको दुःखी छ भने त्यो परिवार–घर नरक बराबर हुन्छ । जुन परिवार स्वतन्त्र छैन, शास्त्र र नियमले वाँधिएको हुन्छ त्यस परिवारवाट प्रेम बाहिरिएको हुन्छ अर्थात् त्यो घरको प्रेम (ीयखभ) स्वयं फाँसीको तखतामा अड्केको हुन्छ । परिवारमा वन्धनका कुरा हैन ह्यापीनेसका सिस्टमलाई बुझनु पर्छ;ः त्यो सिष्टम भनेको परिवारमा प्रेमल हुने हो, माया–लाई जगाउने हो ।
– घर भनेको, परिवार भनेको हारेर पनि जित्ने ठाउँ हो । यहाँ जितेर कहिले जितिँदैन । हारेरै जित्ने संस्था हो । तर हामी विपरित जान्छौं र स्वयंले धरलाई–परिवारलाई दुःखी बनाउँछौ र हार नरक बन्छ । घर नरक बन्ने मुख्य कारण – कस्ले गल्ति ग¥यो ? कल्ले ठीक ग¥यो भनि सोधखोज गरि झगडा गर्नु नै हो । परि–वार ः यसको शब्दकोषको अर्थ छ ‘परि (अप्सरा) आफूलाई मन परेको मान्छे भित्रिए पछि, ‘वार’ (कल – झगडा, युद्ध) गरि हाल्ने हुन्छ । यो नै परिवारको नारकीय अर्थ हो ।
परिस्थिति सहज हुँदा त सबैले उत्सव मनाउँछन खुशी हुन्छन । तर परिस्थिति प्रतिकूल हुँदा पनि हाँस्ने खुशी हुने र उत्सव मनाउनेलाई यो संसारको कुनै पनि तागतले उसलाई दुःखी बनाउन सक्दैन ।
– हामी दिनभर घारमा कसले गल्ती ग¥यो ? को दोषी छ ? कुनै समस्या भयो भने यो कसले गर्दा भएको हो ? भनि खोजी – निति गरिरहन्छौ र दोषीलाई कडा कारवाही पनि गर्छौं र परिवार भित्रै वेमेलको स्थिति सृजना गरिदिन्छौ । यो कस्तो पागलपना हो ? विचारै गर्दैनौ र झगडा थाल्छौ । घर भनेको दोषी खोज्ने चौकी छैन, अदालत हैन; आफू त्यों मामलाको वकिल पनि हैन तर हामी आपराधिक ढंगले खोजि गर्दै घरमा झगडा गरी नरक बनाउनुको कारक बन्छौ
– घर भनेको गल्ति खोज्ने ठाँउ छैन । प्रेम खोज्ने र माया थप्ने ठाउँ हो प्रेम–मायाले जित्ने संस्था हो ।
– घर बाहिर अर्थात समाज–संसारमा जसले गल्ति गर्छ त्यसलाई समातेर जेलमा राख्नु पर्छ । गल्ती गर्ने अपराध गर्नेलाई उम्किन दिनै हुँदैन । यसलाई ‘ल’को भाषामा ‘जीरो ईन्टोलेरेशन’ भनिन्छ । जुन देशमा यो व्यवस्था छ त्यहाँ शोषण, भ्रष्टाचार कम हुन्छ र जनताको विकास स्तर बढ्छ । जुन देशमा यो व्यवस्था छैन – हाम्रो देशमा जस्तै अपराधी उम्केका छन् भ्रष्टाचार बढेर सगरमाथा नाघिसक्छ र जनता शोषणका शिकार हुन्छन ।
– शास्त्रिय कथा छ, पुराणकै कथा हो शिवजीले पनि हारेर जितेको कथा छ । शिवशंकरको रौद्र रूप भैरवनाथ हो । पार्वती देवीको रौद्र रूप काली–महा–काली–दन्तकाली हो । एक दिन देवी पार्वतीलाई राक्षसहरूको गतिविधि, देखेर रिस उठ्यो, रौद्ररूप लिइन दन्तकाली बनिन र राक्षसलाई लाईन लगाएर छम–छमी काट्न लागिन । आधा जसो असुरलाई काटेर ढालेपछि महादेवले देखेर पार्वतीलाई रोक्न राक्षसकै लाईनमा लम्पसार सुतिदिए, राक्षस काट्ने सुरमा भुईमा देखिनन्, अघि वढ्दै जाने क्रममा दाइने खुट्टाले शिवशंकरको छातिमा टेक्न टेक्न पुगिन । पार्वतीको रौद्र रुपको अन्तिम तस्विर पनि यही छ शास्त्रमा र पोष्टरमा । महादेव आफू स्वंम पार्वतीको अगाडी हारेर जितेको कथा छ । यसरी हामी मान्छेले शिवजीको यो चरित्रवाट पनि अनिवार्य जितिएको कथाबाट सिक्नु पर्ला ।
– पाठक महोदयलाई थाहै होला । ब्रम्हाजी चतुर्मुखि हैन पञ्चमुखि थिए । एक पटक ब्रम्हाजीले एउटा मुखवाट झूटो बोले । शिवलाई चित्त बुझेन ।
सबै शास्त्र, उपनिषद् आदिका प्रमाण समेत वोल्ने मुखले झूटो बोल्यो । महादेवलाई मन परेन रिस उठ्यो । रौद्र रुप लिए । त्यो रौद्र रुप नै भैरवनाथ हो । काल भैरवले झूट बोल्ने मुखको टाउकै काटिदिए । त्यो टाउकाका मुखको ¥याल, सिंगान, आँशु र कानेगुजी र गर्धन काट्दाको रगतबाट भारतको विहारमा ‘कर्मनासा’ नामको नदी प्रकट भईन । विषाक्त नदी । त्यो नदीको चरा चुरुङ्गीले पानी पिउँदैनन । पशुले पनि नपिउन, ननुहाउन भनेर त्यस नदीको वर–पर भारत सरकारले ठूला ठूला होडिङ बोर्ड लगाएको छ ।
– त्यस नदीमा मान्छेले नुहाउँदा गंगाजी नदीको उल्टो जीवन भर गरेका सबै सत्कर्म एकै स्नानमा स्वाहा हुन्छन । गंगाजीमा भने एक सय पापसम्म गरेको छ भने एक गंगा स्नानले नास गरिदिन्छिन कथामा यही छ । ‘कर्मनासानदी’ उल्टी छिन र गंगाजीको उल्टै तिर बग्छिन पनि । यी नंदी विहार राज्यको एक ठाउँमा प्रकट छिन र विहार भित्रै बगेर समाप्त पनि हुन्छीन । । एक ठाउँमा गंगाजीवाट सबभन्दा नजिकको दूरी मात्र करिव १४ कि. मि. फरक स्थानमा वहन्छिन ।
– दमक–५, कापा

Author

You may also like