दमक, ११ वैशाख । झापाका अग्रज पत्रकार दिपिन राई फोनिज युके पत्रकारिता सम्मानबाट पुरस्कृत भएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) ले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार स्वरुप राईलाई नगद २५ हजार र सम्मानपत्र प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघको स्थापना दिवस र महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठको योगदानको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राईसँगै चितवनकी पत्रकार संगीता चेपाङलाई फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले दुबै पत्रकारलाई सो पुरस्कार प्रदान गरिन् ।