समाचार

झापामा कोरोनाको ग्राफ दैनिक बढ्दै

दमक। झापामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । २९ गते बेलुकाको २४ घन्टा भित्रमा थप ३ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार थपिएका संक्रमितमध्ये ३ सय २५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको हो भने ४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिँदा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् ।
बुधबार थपिएका संक्रमितमध्ये दमकका १२ महिला र १० पुरुष गरी जम्मा २२ जना हुन् । त्यस्तै, बिर्तामोड नगरपालिकाका पिसिआर विधिबाट ४७ महिला र ३५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो भने एन्टिजेन विधिबाट २ महिला र ६ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, गौरादह नगरपालिकाका पिसिआर विधिबाट परीक्षण गरिएकामा ८ महिला र ७ पुरुष गरी १५ जना तथा एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा २ महिला १ पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, मेचीनगर नगरपालिकामा पिसिआर विधिबाट परीक्षण गरिएकोेमा १४ महिला र १३ पुरुष गरी २७ जना तथा एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा २ महिला र २ पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिकामा २१ महिला र ३५ पुरुष गरी ५६ जनामा संक्रमण देखिएको छ । त्यस्तै, कन्काई नगरपालिकामा १५ महिला र ९ पुरुष गरी २४ जनामा संक्रमण पुष्टि भएको छ । हल्दिबारी गाउँपालिकामा ४ महिला र ४ पुरुष गरी ८ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी, अर्जुनधारा गाउँपालिकामा पिसिआर विधिबाट परीक्षण गरिएकोमा १३ महिला र २१ पुरुष गरी ३४ जना छन् भने एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ११ महिला र ५ पुरुष गरी १६ जना संक्रमित थपिएका हुन् । बुद्धशान्ति गाउँपालिकामा पिसिआर विधिबाट परीक्षण गरिएकोमा १० महिला र ९ पुरुष गरी १९ जना तथा एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा १ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, गौरीगञ्ज गाउँपालिकामा एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३ महिला र २ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, कचनकवल गाउँपालिकामा २ महिला र ३ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । कमल गाउँपालिकामा ७ महिला र ६ पुरुष गरी १३ जनामा संक्रमण पुष्टिठ भएको छ ।
त्यसैगरी, शिवसताक्षी नगरपािलकामा पिसिआर विधिबाट
परीक्षण गरिएकोमा ३ महिला र ३ पुरुष तथा एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३ महिला ३ पुरुष नै संक्रमित पुष्टि भएको हो । बाह्रदशी गाउँपालिकामा पिसिआर विधिबाट १ महिला र ३ पुरुष तथा एन्टिजेन विधिबाट १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, झापा गाउँपालिकामा ३ महिला र १ पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी ठेगाना नखुलेका ४ महिला र २ पुरुष (पिसिआर) र १ महिला र १ पुरुष (एन्टिजेन, इलाम ठेगाना) भएका संक्रमित फेला परेका हुन् ।

७ जनाको मृत्यु
झापामा बुधबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । बुधबार मृत्यु हुनेहरुमा भदपुर–४ का ४९ वर्षीय र ४८ वर्षीय पुरुष, भद्रपुर–९ की ८८ वर्षीया महिला, मेचीनगर ६ का ६० वर्षीय पुरुष, मेचीनगर–१० की ६३ वर्षीया महिला, कचनकवल–७ का ६० वर्षीय पुरुष र बिर्तामोड–१ की ५३ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् ।

Author

You may also like