देश–समाज समाचार स्थानीय

सिलिण्डर होम डेलिभरीबाटै राम्रो आम्दानी गर्दै सिवाकोटी

बिर्तामोड/ विदेशको मोह त्यागेर ग्यास सिलिण्डरको होम डेलिभरी दिँदै आएका बिर्तामोडका गोविन्द शिवाकोटीले राम्रो आम्दानी गरिरहेका छन् । ग्यास सिलिण्डर डेलिभरी ब्वाईको रुपमा चिनिएका सिवाकोटीले राम्रो आम्दानी गर्न थालेपछि विदेश जाने चक्कर पनि छोडिदिएको बताउँछन् । उनले भने– विदेशको भन्दा राम्रो आम्दानी यहि भईरहेका छ किन विदेश जानु ?
आफन्तको सहयोगमा पहिला काम गरेर, सिकेर २ वर्षको अनुभवपछि मेची ग्यासको डेलिभरी सुरु गरेको उनले बताए । फोनबाट उनलाई ग्यास माग्ने गरेका छन् । ग्यास मागे अनुसार पालैपालो पु¥याउने गरेको शिवाकोटी बताउँछन् । विदेश जान हातमा राम्रो सीप नभए अध्ययन चाहिने रहेछ– उनी भन्छन्, हामी जस्ता पढाई नभएकाहरुलाई यतै फाइदा छ ।
दैनिक २० देखि ३० वटा सिलिण्डर पु¥याउदै आएका उनले अधिकतम् ५० वटासम्म सिलिण्डर पु¥याउने गरेका शिवाकोटीले मासिक ५० हजार कमाउने गरेको बताउँछन् । काम गर्न लाज नमान्ने हो भने यहि राम्रो आम्दानीका बाटाहरु धेरै भएको उनी बताउँछन् । चोरेर, ढाँटेर, ठगेर खान नहुने तर मेहनत गरेर खान लजाउन नुहने तर्क उनको छ । उनी थप्छन– एउटा सिलण्डर घर पु¥याए वापत रु.५० मैले पाउने हो तर कति ग्राहले आफुलाई ३ सयसम्म दिने गरेको उनी खुलाउँछन् । फोनकै भरमा ग्यास पुराउने, भट्टी चुलो मर्मत गर्ने शिवाकोटीले ग्राहक नरिसाउन् भन्ने चान्छन् । पालो मिचेर ग्यास पुराउन सक्दिन, उनले भने– पालो मिच्यो भने कस्टुमर रिसाउनछन् । विहान ९ बजेदेखि बेलुका ८ बजेसम्म ग्यास पु¥याउने गरेको उनी बताउँछन् । इमान्दारीपूर्वक लगावका साथ नलजाई काम गरेको खण्डमा विदेशमा सामान्य श्रमिकले पाउने भन्दा राम्रो पैसा यहि कमाउन सकिने आँट, साहस र हिम्मत हुनुपर्ने र सोही अनुसार विदेश जाने युवाहरुलाई भन्ने, सम्झाउने गरेको पनि उनी बताउँछन् ।

Author

You may also like