दमक, २३ असोज –
चुलाचुली रंगमञ्च इलामले जंगल अवस्थामा रहेको क्षेत्रमा कसरी बसोवास अघि बढ्यो भन्ने इतिहासलाई खोतल्दै ‘झोडा’ नामक नाटकको प्रदर्शन तयारी गरेको छ ।
असोज २६ देखि ३० सम्म दमकको किरात भवनमा प्रदर्शन हुने भएको छ । जसका लागि कलाकारहरुको अभ्यास अन्तिम चरणमा पुर्याउँदै हलको सेट निर्माण कार्य भइरहेको यसका निर्देशक चेतन आङथुपो ‘डर’ले बताए ।

साहित्यकार गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’मा आधारित रहेर ‘डर’को परिकल्पना/निर्देशनमा सो नाटक तयार भएको हो । वि.सं. २००० सालताका पहाडबाट तराई बसाईं झर्ने क्रम सुरु हुँदै गएर सरकारले केहि क्षेत्रमा बस्ने अनुमति दिएपछि जंगल फाँडेर बसोबास गर्न थालेको अवस्था हो । कतिपय ठाउँमा सरकारले बस्न नदिएको परिस्थिती थियो । त्यो बेलादेखि झोडा फाँडेर ऐलानी जग्गामा बसोबास गरेको दशकौं भएपनि त्यसको दर्ता प्रक्रिया पुरा नगरिदिँदा झोडाबासीका रुपमा स्थानीयले समस्या भोगिरहेको विषयवस्तु नाटकमा छ ।
नाटकमा, मनकुमार योङ्गहाङ, रमिला राई, उदय बेघा, मनिस मगर (प्रविण), बन्वो लामा, मिना नेम्बाङ, मनिक शंकर, युगल लिम्बू, दिपक खरेल, प्रविण भण्डारी, चेतना आचार्य, बविना राई, विपिसा राई प्रिन्स तामाङको अभिनय रहने छ । ध्वनी व्यवस्थापनमा बालकृष्ण राई, ताया राई, आशा सावा, दीपेश मगर, स्वस्तीका लिम्बु र एमपी मगर छन् । सुरस सम्पाहाङ राईको निर्माण, सुमन लिङदेनको नाट्य रुपान्तरण र सूर्य लिम्बूको व्यवस्थापनमा फरक तथा ऐतिहासिक विषयको नाटकले दर्शकको प्रतिक्षा गरिरहेको छ ।

Author

You may also like