मुख्य विचार/वहस

बूढाले बचाएको देश !

आज म मेरा मित्र श्रवण कुमार चौधरीको वीर रसलाई सम्झिरहेको छु । यसकारण कि त्यो बीर रस आयरिसहरुको देश प्रेममा थियो, त्यो प्रेमलाई उजागर गर्ने पारखी कलमवीर आयरल्याण्डका कवि तथा लेखक विलियम बटलर यिट्सलाई संझिरहेको छु । त्यो बीररस उजागर गरेर यिट्सले धेरै कविता लेखे, नाटक लेखे । त्यही भएर आयरिसहरु उनलाई ‘जिउँदो देवता’ भन्थे । यो साठी बर्ष अघिको कुरा हो । एउटा लेखकलाई देशले देवता भनेको समय थियो त्यो ।

हामीले जिउँदो देवता किन देख्न पाएनौं ? वा कोही किन जन्मिएनन् ? मित्र श्रवण चौधरीको यही प्रश्न रहेछ । घर ध्वस्त बनाउनेहरु घरका मालिक भए । तिनका गर्धनभरी एक मनका मालामा सजिए । ती रातो कार्पेटमा हिंडे । अनि तिनै भए ‘म्याकबेथ राजा’ । राजा मारेर सेनापति आपैm राजा भएको कहालीलाग्दो नाटक लेखे विलियम सेक्सपियरले । देश र दरवार कब्जा गर्ने, देश ध्वस्त गर्ने म्याकबेथको दुर्दशाको कथा हो त्यो । त्यो भयानक यिबोगान्तक कथा थियो । म्याकबेथलाई मारिएका राजाका छोराहरुले बदला लिए उसलाई मारेर । षडयन्त्रकारी म्याकबेथको दुखान्त अन्त्य हुन्छ त्यहाँ । हाम्रा राजनेताहरुलाई म्याकबेथ हुनबाट जोगाउने कसले ? किनभने घर बनाउनेहरु पराइभए । लखेटिए । थुकिए । अपहरित भए । मारिए ।

मित्र श्रवणजीले विलियम बटलर यिट्सको नाटक ‘पर्गेटोरी’ कक्षामा पढाएको निकै भएको थियो । तर आजकल जब उनी त्यो नाटक सम्झिन खोज्छन्, उनीमा वीर रस पैदा हुन्छ । उनलाई भाउन्न हुन्छ । उनको आक्रोशमाथि चुलिन्छ ।

नटकको कथा कस्तो छ त ?

बाबुले आप्mनो झडकेलो छोरालाई डढेर कुरुप भएको आप्mनो घरतिर देखाएर किन त्यो घरको हालत त्यस्तो भयो भन्ने बारे ह्दयविदारक इतिहास भन्न थाल्छ । त्यो साँझको बेला हुन्छ । तर छोरो बाबुको कुरालाई ध्यान नदिइ पैसा माग्छ, हिस्सा माग्छ । तर बाबु त्यो घरलाई हेरेर झन् भावुक हुन्छ, र बाबुआमाको प्रेत घरतिरै आइरहेको देख्छ । बाबु भन्दै जान्छ कि उसकी आमाको आत्मा ‘पर्गेटरी’ अर्थात स्वर्ग जान नसकी बीच बाटोको बैतरणी नदीमा अडकिएका ेछ, किनभने उनले पाप गरिन त्यो इज्जतदार घरलाई समाप्त पार्ने प्रमूख भूमिका खेलेर । उनी अति सम्पन्न घरमा छोरी भएर जन्मिएकी एक्ली सन्तान थिइन्, जुन घरमा मन्त्री, डाक्टर, सभाषद जन्मिएका थिए । तर उनले आप्mनै घोडा स्याहार्ने नीच, कङ्गाल र रक्स्याहासँग आफना बाबुआमाको मन ध्वस्त पारेर बिहे गरिन् । उनका बाबुआमा मरेपछि त्यो अथाहा सम्पत्तीको मालिक त्यो रक्स्याहा भयो । उसकी आमाले न त त्यो रक्स्याहालाई सुधारेर गतिलो मतिको पार्न सकिन, न त उसको माया पाउन सकिन् । बरु उल्टै उनी गर्भिणी भइन् र छोरो पाइन । तर त्यो सुत्केरी अवस्थामा उनको उपचार रक्स्याहाले गरेन र उनी यो संसारलाई छोरो छाडेर परलोक भइन् । त्यो छोरो उही आजको यो कथा भन्दै गरेको बूढो बाबु हो ।

बाबुले छोरोको ख्याल गरेन, बरु रक्सी, केटी र जुवामा आमाको सबै सम्पती सक्यो । सिर्पm घर बाँकी थियो । छोरालाई पनि अर्कैले हुर्काए । जव छोरो (आजको त्यो बूढो मान्छे) १६ वर्षको भयो । एक दिनको कुरा हो, बाबुले रक्सीखाएर आएर त्यो इज्जतदार घरमा आगो लगाइदियो । त्यो गरिमामय घर मात्रै जलेन, पुस्तकालय जल्यो, परिवारको विरासत जल्यो, इतिहास र पहिचान जल्यो । खजना जल्यो । धर्म र संस्कृति जल्यो । सभ्यता जल्यो । जलिरह्यो । त्यो सोह्र बर्षे छाराले त्यो सारा चिज जलेको सहन सकेन र बाबुलाई छुरीले हानेर त्यही आगोमा प्mयाक्यो ताकि हत्या गरेको प्रमाण नरहोस् । त्यसपछि ऊ भाग्यो । पछि ऊ घुमन्ते ब्यापारी भएर आज बुढो व्यापारी भएको छ । अहिले ऊ त्यही जलेर सबैथोक सकिएको घरतिर हेरेर उभिएको छ । अनि आजकै रात उसका बाबुआमा एउटै घोडामा आए त्यही घरमा बिवाह बर्षगाँठ मनाउन भन्छ । कल्पिन्छ र चिच्याउँछ, ‘आमा, त्यसलाई तिम्रो शरीर छुन नदेऊ । नत्र तिमीले फेरि पनि बाबुको हत्यारो जन्माउनेछौ ।’

तर छोरो यी बाबुका (बूढोका) केही कुरामा पनि ध्यान दिंदैन । बरु यसरी धम्क्याउँछ, ‘तिमीले १६ बर्षको हुँदा बाबु मार्‍यौ, किनकि ऊनी बूढा थिए, तिमी जवान थियौ । आज म पनि १६ बर्षको जवान भएको छु र तिमी बूढो । पैसा दिंदैनौ भने मारिदिन्छु तिमीलाई जसरी तिमीले आप्mनो बाबु मार्‍यौ ।’ त्यसपछि छोरो पैसाको थैली तान्न थाल्छ । बाबु झन भावुक हुन्छ । परबाट बाबुआमाको भूत आउँदै गरेको देख्छ । र आमादेखि रिसाउँछ —मरेर गएपछि पनि त्यो नीचसँग सुत्न छोडिनौ । तिनले पाप गर्नाले त्यो विशाल सभ्यता, संस्कृति र खजना भएको घर खरानी भयो, तैपनि उनैको आत्मालाई पर्गेटरीबाट छुटाएर (क्षमापाएर) स्वर्ग जावोस् भनी आप्mनै बाबुलाई मारें भनेर भक्कानिन्छ त्यो बूढो मान्छे ।

तर छोराले पैसा तान्दा थैलीबाट पैसा भूँईमा झर्छ । छोरो जब पैसा टिप्न निहुरिन्छ, बाबुले उही छुरी (आप्mनै बाबु मारेको) ले छोरालाई हान्छ र मार्छ । अनि भन्छ, ‘मैले आप्mनै बाबु मारें । उही छुरीले आप्mनै छोरो मारें आमाको आत्मालाई पर्गेटोरीबाट छुटाउन । आखिरी मान्छेको केहीचल्दो रहेनछ ।’ नाटकको कथा यही हो ।

बिलियम बटलर यिट्सको नाटक ‘पर्गेटोरी’ को घर भनेको देश हो । त्यो पनि आयरल्याण्ड भन्ने देश । गृहयुद्धले थिलथिला्े भएको देशको माया गरेर लेखे उनले । कुनै पनि देशमा, समाजमा, परिवारमा अग्रजले बिगारे भनें आउँदो पिँढीले पीडा मात्र बेहोर्नु पर्छ । त्यही भयो त्यहाँ । घरको माया कति ?अ र्थात देशको माया कति ? घर नष्ट गर्नेलाई सजायदिने यो भन्दा गहन बिम्बले भरिएका काब्य सायद मैले नपढेर होला, लेखिएकै छैन ।

सुन्दर घर जलाएर मस्ती गर्ने बाबुलाई मार्ने, फेरि पनि घर जलाउने कुसन्तान पैmलिन्छ भनेर घरको अस्मिता जोगाउन आप्mनै छोरो मार्ने त्यो बूढो मान्छेको मनमा घरको मायाले दन्किएको आगो मैले मेरा मित्र श्रवण चौधरीको मनमा पनि देखें । त्यो बूढो मान्छेसँग भएको देशको (घरको) मोह मैले उनका शब्द र भावमा देखें ।

इति बेला यहाँ धेरै घरका गफ छन्, अर्थात देशका गफ छन् । यो देश अर्थात घरको कुरा र कथा धेरै छन् । नालापानीमा लडेर, देउथलमा लडेर, यो घर बनाउनेहरुलाई थाहा छ, यसको ममता कति छ । त्यही भएर हो, यो सभ्यताको महत्वपूणर् समय आप्mनो देश अर्थात् घरको रक्षा र गौरव गाथा बुन्नमा खर्चिएको छ । र सबै भन्छन्, यी राष्ट्रवादी हुन्, अथवा यी राष्ट्रवादी होइनन् ।

राजा महेन्द्रको क्रेज राष्ट्रप्रेममै लटपटिएको थियो । केपी ओलीले बनाएको उचाइ भनेको भारतीय नाकाबन्दी बिरुद्ध उभिएर देशप्रेम देखाएको एउटा बिम्ब थियो । त्यही सिंढीमा चढेर उनी निकै माथि पुगें । अग्लो रुख चढें । तर उनलाई ओर्लिन आएन । नआउने नै रहेछ । रुख चढ्न मात्रै जान्ने तर ओर्लिन नजान्ने हुनु भनेको चढ्न नजान्ने बुभ्mनु हो । पुनः प्रधानमन्त्री बन्ने अवसर पाएर पनि लुँडो खेलमा सर्पले छेरे जस्तो भयो उनको रुख चढाइ । ९९ मा पुगेको गोटी २ मा ।

उस बेला उनलाई अपेक्षा गरेका थिए जनताले, घर जलाउनेलाई नछोडनु । तर उनको घेरामा रहेका मान्छे नै त्यो बूढो बाबुको बाबु र छोरा निक्लिए । तिनैले घरमा आगो लगाउन थाले । अनि ओलीजी तिनको संरक्षण गर्दै हिंड्न थाले ।

अर्थात् मैले प्रधानमन्त्री केपी ओलीलाई यिट्सको त्यो नाटकको पात्र ‘बूढो मान्छे’ को बिम्बमा देखिरहेको थिएँ उसबेला । घर, घरको सभ्यता, संस्कृति र विरासत जलाउनेहरुलाई ‘नछोडने’ पात्रको रुपमा म हेर्न चाहिरहेको थिएँ उसबेला । वरिपरि भ्रष्टहरु राखेर त्यो बूढो मान्छेको भूमिका उनले निभाउन सक्लान् भन्ने ठान्नु मेरो मूर्खता थियो । उनले तारिफ गरेका पात्रहरुले त घर जलाए नि त ? अब उनले के गर्लान्, हेर्न बाँकी छ । किनभने कांग्रेसको घर हिजोदेखि दीगो छैन । जतापनि बस्न मिलाएको छ । त्यो ‘नेहरु डक्ट्रीन’ को परिणाम हो, किनभने त्यही डक्ट्रीनले ऊ जन्मिएको हो । माओवादी केन्द्र ‘श्यामशरण र मनमोहनसिंह डक्ट्रीन’ मा जन्मिएको हुनाले त्यसको घर पनि यकिन छैन । त्यसो त माक्र्सको मेनिफेस्टोमा त ‘यो संसार नै सर्वहाराको देश हो’ भनेर राज्यबिहीनता बोले । अथर्ात ‘घरबिहीनता’ बोले । तिनले आप्mनो घर बनाउने मन्त्रै पढेका छैनन् । शूत्रै पढेका छैनन् । त्यसैले यो घर पनि यिट्सको नाटकको घर जस्तै त्यही घरका मूलीहरुले आगो लगाइदिएका छन् । जातीयताको आगो । पहिचानको आगो । धर्मको आगो । भ्रष्टाचारको आगो । राज्यसंयन्त्रमाथि कब्जा गरेको आगो । दलमात्र मोटाएर देश लुते बनाउने दलहरुको आगो । कर्मचारीको आगो । शिक्षकको आगो । सारा सामाजिक संस्थाहरुमा राजनीतिको आगो ।

सिर्पm घरमा आगो लगाउनेहरुको शक्ति छ । पहुँच छ । बल छ । छोरो त १६ बर्ष पुगेकै छैन । नत्र छुरीले हान्दिन्थ्यो । छोरो सानै छ । अर्थात जनता अज्ञान छन् अभैm । तर मेरा मित्र श्रवणजीको मनमा चाहिं त्यो मनको चुप्पी ठाडो परिरहेको म हरदम महसुस गरिरहेको छु, मानौ उनी त्यही बूढो मान्छे हुन् । उनी त्यो बूढाले बचाएको देश हेर्न आतुर छन् ।

You may also like