मुख्य समाचार

भट्टराई कूलपूजामा थपिए टहरा

दमक/ वशिष्ठ गोत्रीय भट्टराई कुलवंश प्रतिष्ठानले हरेक तीन बर्षमा सामूहिक रुपमा गर्दै आएको कूलपूजा (देवाली) मा सहभागी हुन आउनेको संख्या बढेपछि त्यहाँ टहरा थप गरिएको छ ।
पुस १ देखि सुरु भई ९ गते सम्पन्न हुने धार्मिक तथा साँस्कृतिक महत्वको कूलपूजामा सहभागिताका लागि नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतको पश्चिमबंगालको दार्जीलिङ तथा आसाम, सिक्किम, मणिपुर, भूटान सहित अमेरिकाबाट समेत हजारौंको संख्यामा भट्टराई बन्धुहरु भेला भएका छन्
दमक ४ कृष्णमन्दिरमा रहेको प्रतिष्ठानको पूजास्थलमा कुलपूजालाई भब्य बनाउन तयारी स्वरुप ९ सय १४ वटा टहरा निर्माण गरिएकोमा अपुग हुने भएपछि आकस्मिक रुपमा शनिबार मात्रै थप ५ सय टहरा निर्माण गरिएको छ । दश हजार बढी आगन्तुकलाई अटाउने बासस्थानको व्यवस्था गरिएको प्रतिष्ठानका सचिव जीवराज भट्टराईले जानकारी दिए ।
पुष १ बाट बैदिक विधिबाट कुलपूजा गर्दै ९ गते बलि दिइने कार्यक्रम तय गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार यो पटक २५ सय बढी बोका बली दिने अनुमान गरिएको छ । पुस ८ गते साँझबाट टहरामा विधिपिूर्वक बोका पर्सेर रातभर बसेर बिहान बोका बली दिने गरिन्छ ।
कुलपूजाको समापन गर्न करवि २० लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।

Author

You may also like