मुख्य

बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी, तीन वटा घर जल्यो

दमक,८ पुस । 

दमकको भुटानी शरणार्थी शिविरमा गएराती आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएको छ ।आज बिहान करिव ३ बजेको समयमा दमक–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर सी चार छाप्रा नं. ५३५ बस्ने भिम बहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक बिद्युत सर्ट भई आगलागी हुँदा उनको तीनै वटा छाप्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
आगलागीबाट मानविय तथा चौपाया क्षति नभएपनि ३ वटा घर, घर भित्र रहेको लत्ताकपडा, भाडावर्तन, अन्नपात र काठसमेत जलेर नष्ट हुँदा करिव रु ५ लाख बराबरको क्षति भएको उनले बताए । शिविरमा लागेको आगो दमक नगरपालिकाको बारुणपन्त्र , प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा ४ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

You may also like