समाचार

हिमालय टाइगरबाट न्यानो कपडा

दमक, ८ पुस।

सामाजिक कार्यमा सक्रिय क्लब हिमालयन टाइगर दमक शाखाले लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा इलामको माङ्सेबुङका ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
माङ्सेबुङस्थित विद्या सृजनात्मक माद्यामिक, सरस्वती आधारभूत, जनज्योति आधारभूत , दुर्गम आधारभूत र जनता आधारभूत विद्यालयमा दुई सय ६७ विद्यार्थीहरुलाई स्वीटर प्रदान गरिएको हो । गरिएको क्लव हिमालयन टाइगर दमकका अध्यक्ष मेघनाथ फूयालले बताए । उनीहरुलाई माङ्सेबुङ गाउपालिकाका अध्यक्ष हेमन्त राईले कपडा हस्तान्तरण गरेका छन् । वितरण ती कपडा करीब १ लाख मूल्य बराबरको रहेको छ ।

You may also like