देश–समाज समाचार स्थानीय

चन्द्रगढी सामुदायिक वन समूहमा पाँच जना अध्यक्षमा भिड्दै

भद्रपुर । चन्द्रगढी सामुदायिक वन समूहको आसन्न निर्वाचनका लागि ५ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
यही कार्तिक २२ गते हुने निर्वाचनका लागि प्रमुख राजनीतिक दल तथा स्वतन्त्र गरी ५ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।
अध्यक्षका लागि नेपाली कााग्रेस र एमालेको समर्थनमा नेकपा एमालेको समर्थनमा अनुज खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा चुडामणि मैनाली, जेनजी युवाहरूको समर्थनमा राजु वराल, स्वतन्त्र रूपमा रमेश न्यौपाने, पुण्यप्रसाद पोखरेलले उम्मेदवारी दिएका छन् ।
यसैगरी उपाध्यक्षमा ४ सचिवमा ५, सहसचिव ६ र कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै खुल्ला महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । ५ वटा क्षेत्र रहेको समूहमा २, ५ र ९ नम्वर क्षेत्रका सहसंयोजक निर्विरोध चयन भएका छन् भने अन्य क्षेत्रका संयोजक सहसंयोजकका लागि उम्मेदवारी परेको छ ।
२६ वर्ष अगाडिबाट समूहको स्वामितवमा आएको चन्द्रगढी वन चारआली निचाझोडा जंगल अन्र्तगत ४३०।५९ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

Author

You may also like