मुख्य

१ करोडको पुरस्कारसहित नृत्य र गायन प्रतियोगिता

दमक/ नेपालमै पहिलो पटक सबैभन्दा धेरै पुरस्कार राशी भएको गायन र नृत्य प्रतियोगिता हुने भएको छ । नेपाल सहित विदेशमा रहेका नेपालीहरुलाई समेत सहभागी गराएर हुन आटेको यो अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा पहिलो हो । यसका विजेताले नगद १ करोड, उप–विजेताले नगद ३० लाख र तृतिय हुनेले २० लाख नगद प्राप्त गर्ने छन् । यि पुरस्कारहरु नृत्य र गायन तर्फ सोही राशीमा छुट्टा छुट्टै गरी
दिइने छ ।

यसका लागि अहिले सम्म अमेरिका, क्यानाडा, यूरोपको बेल्जियम र यूएइमा अडिसन सम्पन्न भइसकेको छ भने भारतको सिलगुडि, थाइल्याण्ड र अष्ट्रेलियामा अडीसन हुन बाँकी छ । भारतमा आगामी मार्च महिनाको १४ र १५ तारिखको अडिसन तोकिएको छ । नेपालका पनि विभिन्न स्थानमा असिडन चलिरहेको छ भने प्रदेश १ को झापाको दमकमा अडिसन हुने पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ । नेपालबाट अमेरिकामा गएका नेपालीहरुले स्थापना गरेको संस्था इन्ट्रा वेलफेयर एण्ड सपोर्ट फाउण्डेसशनले आयोजना गरेको यो प्रतियोगिताको प्रदेश १ स्तरीय अडीसन झापाको दमकमा यहि फागुन २० र २१ गते हुँदै छ । दमकको सरस्वती माध्यमिक विद्यालय इटाभट्टमा हुने अडिसनमा सहभागी हुन चाहनेलाई कुनै पनि शुल्क तोकिएको छैन । सबै अडिसनबाट छनौट गरी १ सय २० जनालाई अन्तिम चरणमा लगिने छ । काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा १२ जना प्रतिष्पर्धिहरुले भाग लिनेछन् । त्यसपछि भने एस एम एस तथा एप्लिकेशसन मार्फत् जनताको मत मार्फत् पनि प्रतियोगी छानिने आयोजकले बुधबार दमकमा भएको पत्रकार सम्मेलनमा जनाएको छ । साथै यही प्रतियोगिता भित्र अर्को प्रतिभालाई पनि समावेश गराइने समेत जानकारी गराइयो । नेपालको संस्कृति झल्कने सामूहिक नृत्यलाई पनि यहाँ अर्कोे प्रतियोगिताको रुपमा समावेश गराइने जनाइएको छ । यसका विजेताले भने नगद २० लाख, उपविजेताले १५ लाख र तृतिय हुने समूहले ५ लाख प्राप्त गर्ने छन् । यसका लागि कम्तिमा ४ जना सहभागी समूह प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान राखिएको छ । बुधबारको पत्रकार सम्मेलनमा यस कुराको जानकारी आयोजक संस्थाका नेपाल भारत संयोजक राजेश घतानी, संस्थाका सचिव सुरेन शेर्मा, लोकप्रिय कलाकार शंकर बिसी, नेपाल संयोजक राम बानियाँ लगायतले जानकारी गराए ।

Author

You may also like