दमक । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी (भेषराज) लाई कनकाईमा सम्मान गरिएको छ ।
जिल्ला कराते संघको समन्वय कनकाई ४ कनकाई र इलुवाबारी डोजोको संयुक्त आयोजनामा सम्पन्न झापा क्षेत्र नम्बर ४ स्तरीय आमन्त्रण जुनियर कराते प्रतियोगिताको अवसर पारेर करातेका पूर्वराष्ट्रिय खेलाडी तथा अन्तराष्ट्रिय रेफ्री समेत रहेका भण्डारीलाई सम्मान गरिएको हो ।
प्रतिनिधिसभा सदस्य एलपी साँवा, झापा जिल्ला जिल्ला कराते संघका अध्यक्ष जगन कार्कीलगायतले अध्यक्ष भण्डारीलाई सम्मान प्रदान गरेका हुन् । सोही कार्यक्रममा झापाका अग्रज कराते प्रशिक्षक राम पाठक र कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल सितोरियो कराते संघका केन्द्रीय सचिव प्रेम लामाज्यु, निवर्तमान राष्ट्रिय प्रशिक्षक मदनकुमार उप्रेती, झापाका प्रशिक्षण विभाग प्रमुख कालु मेचे सहितले शुभकामना मन्व्य व्यक्त गरे । प्रतियोगितामा २० देखि ५० केजी तौल समूहका (महिला-पुरुष) २५० खेलाडीहरुको सहभागिता रहेको थियो ।
