मुख्य

संखुवासभामा ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु

संखुवासभा, १२ पुस । संखुवासभाको मकालु गाउँपालिका- ५ स्थित ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो ४ बजे को. २ त ८२३९ नम्बरको ट्रयाक्टर मकालु- १ मा निर्माण भईरहेको पर्खालको लागि सिमेन्ट बोकी जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाँउमा अचानक भिरबाट अन्दाजि ३५ मिटर तल खसि दुर्घटना हुँदा ट्रयाक्टर चालक स्थानीय २७ बर्षीय तिर्थ बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

घटना स्थलमा प्रहरीको टोली खटिगई उक्त शवलाई सम्पूर्ण कानुनी प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Author

You may also like