अर्थ मुख्य

सेयर बजारमा सामान्य गिरावट

दमक, १२ पुस। साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । उक्त दिन बजार १.९३ अंकले घटेर २०६८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै सात वटा उपसूचकमा राताम्मै भएको छ ।

आज धौलागिरी लघुवित्त र बिपीडब्लु लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य प्रतिकित्ता १०र१० प्रतिशतले घटेको छ । त्यसैगरी उन्नती सहकार्य लघुवित्तको ७.२९ प्रतिशत नेपाल इन्स्योरेन्सको ६.१६ प्रतिशत र अपर सोलु हाइड्रोको ५.८२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

You may also like