कमल । झापाको कमल गाउँपालिकाले शुक्रबार सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना र भिन्न मिडिया एण्ड रिसर्च प्रा. लि. को प्राविधिक सहयोगमा गाउँपालिका २ स्थित कमलेश्वरी सहकारी संस्थाको सभाहलमा सो कार्यक्रम आयोजना भएको हो ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा आयोजित सो कार्यक्रममा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले स्वागत मन्तव्य राखेकी थिईन् । प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले गाउँपालिकाको तर्फबाट चालु आर्थिक वर्षमा भए गरेका कार्यक्रमको संक्षिप्त गतिविधिका प्रस्तुत दिएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा सहभागीका तर्फका जिज्ञासा संकलन गरिएको थियो । जसमा सहभागीका तर्फबाट देबु चापागाईँ, एल वि तामाङ, ख्यामराज खनाल, उमाकान्त निरौला, सोमनाथ भण्डारी लगायतले सडक, विद्युत, जंङ्गली हात्तीको समाधान, स्वास्थ्य र कर्मचारी व्यवस्थापन लगायतका विषयका जिज्ञासा राखेका थिए । सहभागीका तर्फबाट राखिएका जिज्ञासाको गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र प्रमुख प्रसाशकिय अधिकृत केशव कुमार ढकाल, ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले जवाफ दिएका थिए । कार्यक्रममा राजनीतिक दलका तर्फ बाट नेपाली काङ्ग्रेसका विरभद्र पोख्रेलले सकारात्मक सुझाव दिए ।