पंकज दाहाल
दमक, १२ पुस।
तेश्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस देशभरका पालिका, विभिन्न संघ संस्था तथा सरोकारवालाहरुले विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएका छन् । कतै ज्येष्ठहरुलाई सम्मान, कतै स्याहारकर्ता बुहारी छोरीहरुलाई सम्मान, कतै ज्येष्ठ सामाजिक अभियन्ताहरुलाई सम्मान, कतै सचेतना कार्यक्रम र गोष्ठी त कतै अन्तरक्रियाहरु गरेर यो दिवस मनाइएको छ । तत्कालिन सरकारले २०५१ साल पौष ११ गते ७५ वर्ष माथिका ज्येष्ठहरुको सामाजिक सुरक्षाका लागि मासिक रु १००। भत्ता दिन थालनी गरेको दिनको स्मरण गर्दै २०७८ सा पौष ११ गते यो दिवस सरकारले ज्येष्ठ नागरिकहरुको पर्वका रुपमा मनाउन थालेको हो । यस दिनमा आयोजित विभिन्न कार्यक्रमहरुमा सरोकारवालाहरुले ज्येष्ठ नागरिकको जीवन सम्मानित, सुरक्षित र मर्यादित बनाउन अझै धेरै काम गर्न बाँकी रहेको र त्यसका लागि राज्यले विशेष पहलकदमी उठाउनु पर्ने खाँचो औंल्याएका छन् ।
यसैक्रममा झापाको दमक नगरपालिकाले वडा नं. १ का १०७ वर्षीय ज्येष्ठ पिता धनञ्जय घिमिरेलाई दमक नगर पिता घोषणा गरेको छ । पालिकाको सभाहलमा सो दिवस मनाउन आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख राम कुमार थापा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई, पूर्व नगर प्रमुख इन्द्र बहादुर बुढाथोकी लगायतले नगर पिता घिमिरेलाई दोसल्ला ओढाएर पूmलमाला लगाइदिनुका साथै सम्मान पत्रले सम्मान गरे । ९० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई घरदैलोमै गएर निःशुल्क उपचार गर्ने अभियानका क्रममा नगर प्रमुख नेतृत्वको टोलीले यो उमेरका घिमिरेलाई भेटेर ज्येष्ठ नगर पिता घोषणा गर्ने तयारी गरेको थियो । बिहीबारको कार्यक्रममा विशेष अतिथिका रुपमा बोल्दै नगर प्रमुख थापाले घिमिरेलाई ज्येष्ठ नगर पिता घोषणा गर्न र अन्य ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउँदा आपूmलाई गौरव लागेको बताए । उनले ज्येष्ठ नगर पिता घोषणा गरेर नयाँ इतिहास र परम्पराको थालनी गरेको पनि बताए । उनले ज्येष्ठ नागरिकहरु ज्ञान, सीप र अनुभवका खानी भएको बताउँदै आफ्नो जीवनको उर्वर समय सन्तान, समाज र देशका लागि खर्च गरेका ज्येष्ठ नागरिकहरुलाई बुढ्यौलीमा राज्यबाट विशेष संरक्षणका साथै सामाजिक सुरक्षा प्रदान गरिनुपर्ने र त्यसका लागि स्थानीय तह दमकको प्रमुख भएको नाताले कनै कसर बाँकी नराख्ने बताए ।
उनले ज्येष्ठ नागरिक प्रतिको श्रद्धा, समर्पण भाव र आदर सम्मानकै क्रममा उनीहरुको कमजोर शारीरिक अवस्थालाई मध्यनजर गरे ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरदैलोमै गएर निःशुल्क उपचार सेवाको अभियान संचालन गरिएको र त्यो अभियान प्रभावकारी बन्दै गएकाले आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको सनाए । त्यसैगरी कार्यक्रममा १०० वर्षमाथिका अन्य ६ जना ज्येष्ठ नागरिकहरु दमक–८ का १०६ वर्षीय कुवेर बहादुर श्रेष्ठ, वडा ३ का १०६ वर्षीया नगरमाया सोराली मगर, वडा १० का १०५ वर्षीया नर्वदा खनाल, वडा ७ का १०५ वर्षीया मिना देवी कार्की र वडा १ की १०१ वर्षीय चन्द्रमाया लावतीलाई दोसल्ला, जाडोको न्यानो कपडा र पोषणयुक्त आहारसहित सम्मान पत्रले सम्मान गरिएको छ । उनीहरुलाई थर्माकोट, ज्याकेट, जुत्ता, मोजा, हर्लिक्स लगायतका सामानहरु सम्मान स्वरुप प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता गरेकी नगर उप–प्रमुख भट्टराईले ज्येष्ठ नागरिकहरुलाई व्यक्ति, परिवार र समाज सबैले आदर र सम्मानको व्यवहार गर्नपर्ने बताउँदै तीनै तहका सरकारहरुले उनीहरुको संरक्षण गरी बाँकी जीवन सम्मानित, मर्यादित र सुरक्षित बनाउन लागी पर्नुपर्ने धारणा राखिन् । कार्यक्रममा कार्यपालिका सदस्य, वडाध्यक्षहरु, कर्मचारी, राजनीतिक दलका स्थानीय नेतृत्व, सामाजिक संघ संस्थाका प्रतिनिधि, ज्येष्ठ नागरिक लगायतको उपस्थिति रहेको थियो ।
सोही दिवसको सन्दर्भमा झापाकै बुद्धशान्ति गाउँपालिका–३ मा पनि सो गाउँपालिकाको सहयोगमा ज्येष्ठ नागरिक गाउँ समिति बुद्धशान्तिले अन्तरपुस्ता सम्बन्ध र कानूनी व्यवस्थाबारे सचेतना साथै सम्मान कार्यक्रम आयोजना ग¥यो । सो पालिकाका शिक्षा शाखा प्रमुख कमल प्रसाद निरौलाको प्रमुख आतिथ्यता, ज्येष्ठ नागरिक जिल्ला संघ झापाका सचिव जय प्रसाद संग्रौला र संघका झापा सदस्य लिला ढकालको विशेष आतिथ्यता र सो पालिकाका महिला तथा बालबालिका शाखा प्रमुख मिना विष्टको आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानवअधिकारवादी अभियन्ता देवी बाँस्कोटाले अस्तर पुस्ता सम्बन्ध र ज्येष्ठ नागरिक सम्बन्धी ऐन कानूनका बारेमा ज्येष्ठ नागरिक अभियन्ता तथा पत्रकार पंकज दाहालले सहजीकरण गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिकलाई स्याहार गर्ने उत्कृष्ट छोरी बुहारीहरु क्रमशः मिरा भण्डारी, मिना खतिवडा र जानुका गौतम तथा ज्येष्ठ नागरिक वडा समिति अध्यक्षहरु क्रमशः राम प्रसाद रिजाल, छविरमण विमली र युवराज बाँस्तोलालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो । ज्येष्ठ नागरिक गाउँ समिति बुद्धशान्तिका अध्यक्ष कृष्ण प्रसाद फुयलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव भगिरथ कट्टेलले स्वागत र मोहन तिम्सिनाले कार्यक्रम संचालन गरेका थिए । उता विर्तामोडमा पनि मंगलबार ज्येष्ठ नागरिक जिल्ला संघ झापाले सोही दिवसका अवसरमा अन्तरपुस्ता सम्बन्ध र ज्येष्ठ नागरिकका कानूनी व्यवस्थाबारे सचेतनामूलक कार्यक्रम गरेको थियो । संघका जिल्ला अध्यक्ष इश्वरी प्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला रहेका थिए । स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सूर्यनारायण गणेशले राखेको कार्यक्रमको संचालन सचिव जय प्रसाद संग्रौलाले गरेका थिए भने विषयवस्तुमा सहजीकरण ज्येष्ठ नागरिक अभियन्ता देवी बाँस्कोटा र पंकज दाहालले गरेका थिए ।
