विमल लामिछाने
दमक/ दसैं नजिकिँदा दमकका मुख्य व्यापारिक क्षेत्रमा सामान्य चहलपहल शुरु भएको छ । विगतका वर्षमा दसैं नजिकिएसँगै बजारमा भीडभाड हुने पसलहरुमा यसवर्ष विगतको तुलनामाभने विक्रि वितरण हुन सकेको छैन ।
पूर्वको पुरानो व्यापारिक केन्द्र भनेर चिनिने दमक बजारमा अरु बेलापनि साँझको समयमा निकै भिड हुने क्षेत्र हो । आर्थिक मन्दिका कारण आम उपभोक्ताको क्रयशक्तिमा सिधै असर परेका कारण ब्यवसाय प्रभावित भएको र अपेक्षाकृत ब्यापार हुन नसकेको सम्बद्ध व्यवसायीको गुनासो छ ।
बजारमा किनमेल सामाग्रीहरुको खरिदबिक्रि गर्नेको संख्या न्यून छ । कोरोना महामारी अगाडिका दसैंमा सामान खरिद गर्न आउने उपभोक्ताहरुबाट गुणस्तरीय सामानको माग उच्च हुने भएपनि अहिले सस्तो सामान खोज्ने ग्राहकहरु बढेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँ (गोपाल)ले बताए । उनले भने–‘पछिल्लो समय केही राम्रो भएको छ । सन्तोषजनक नै छ, तर बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा चिन र भारत जस्ता छिमेकी देशबाट आउने सामान रोकिएर नयाँ र ग्राहकले खोजे अनुसारका सामान दिन सकिएको छैन । उनले भने नेपालमा नै बनेका सामानहरु बेचिरहेका छौं, अहिले विक्रि वितरण रामै छ, बजारमा चहलपहल बढेको छ ।’
दमक बजारस्थित आरसी फर्निचर उद्योगका प्रोपाइटर सीमा अग्रवालले विगत वर्षहरुको तुलनामा ब्यापार नभएपनि अहिले केही चहल पहल बढेकाले आशाबादी भएको बताइन् । उनले विगत चार महिनाको तुलनामा दशैं शुरु भएसँगै ब्यापारमा उत्साह थपिएको र किनमेल गर्नेको संख्यामा बृद्धी भएको बताएकी छन् । उनले भनिन्– ‘पछिल्लो समय केही ब्यापारमा बृद्धी भएको छ, दशैं आउन केही दिन बाँकी रहँदा पनि ब्यापार खासै भएको छैन ।’
दमक बजारमा विगतका वर्षहरुमा विद्युतीय उपकरणको व्यापार उच्च हुने गरेपनि यस वर्ष सुस्तता देखिएको छ । चाडपर्वमा विभिन्न कम्पनीले फ्रिज, टिभी वासिङ मेसिन, ल्यापटप जस्ता उपकरणहरुमा छुट दिएपनि ग्राहक आकर्षित नभएको दमक चौकस्थित आरम्भ कम्प्युटर प्रालिका सञ्चालक रमेश लुईटेलले बताए । बाडी पहिरो, देशको बदलिँदो अवस्था र महँगीका साथै सहकारी, सेयर बजार तथा घरजग्गा क्षेत्रमा देपखएको आर्थिक संकटको प्रत्यक्ष असर विद्युतीय उपकरण सामाग्रीको कारोबारमा पनि परेको छ । विद्युतिय सामाग्री अति आवश्यक वस्तुमा नपर्ने हुँदा ब्यापारमा मन्दि छाएको उनको भनाइ छ ।
अहिले हरेक सामानमा मुल्यवृद्धि भएका कारण मोलमोलाइमा बढि समय खर्चिनु परेको ब्यवसायीको अनुभव छ । अहिले ग्राहकको चित्त बुझाएर सामान बिक्रि गर्न झन्झटिलो हुन थालेको दमक चौकमा मोवाइल ब्यवसाय सञ्चालन गर्दै आएका मोवाइल ब्यवसायी संघ दमकका अध्यक्ष तथा दमक उद्योग वाणिज्य संघका सदस्य कुलबहादुर श्रेष्ठ (कविन)ले सुनाए । उनले भने, “पहिला धेरै मोलमोलाई हुँदैन थियो अहिले सामानको भाउ पनि एकदम महँगो छ, बजारमा मूल्यबृद्धीका कारण मानिसमा फष्टेसन आएको छ । उपभोक्ताहरुले विगतका वर्षहरुको मुल्यमा सामान खोज्ने गरेकाले सामान विक्रि गर्न कठीन छ ।” लुइेटेलले भने ।
चाडपर्वको मुखैमा अतिआवश्यक सामाग्रीको मुल्य आकासिँदा थोरै खर्चमा आफनो भान्सा चलाउन उपभोक्ता बाध्य भएको
दसैं… होटल ब्यवसायी अन्जना राईले बताइन् । उनले उनले भनिन–(‘दिन प्रतिदिन खाद्यान्न सामाग्रीको भाउ बढेकाले अडर अनुसारको सामान बनाएर दिनै गाह्रो भएको छ । पहिलेको तुलनामा अहिले होटलमा आउने मान्छेको संख्या घट्दै गएको छ ।’