स्थानीय

दमकमा रथ यात्राको तयारी

दमक । श्रीकृष्ण जन्माअष्टमीमा यसवर्ष पनि दमकमा यहि भदौ ११ गते रथयात्रा निकालिने भएको छ । श्रीकृष्ण रथयात्रा व्यवस्थापन समितिले अघिल्ला वर्षझै यसवर्ष पनि रथयात्रालाई भव्य तथा सभ्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको रथ यात्रा समितिका महासचिव प्रेम भट्टराईले बताए ।
रथयात्रा समितिले आइतबार राधाकृष्ण मन्दिरमा रथयात्रा समितिले जनप्रतिनिधिहरु, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा सरोकावालाहरुसँग अन्तरकृयात्मक बैठक बसेको छ । दमकमा निकालिने रथयात्रा पूर्वमा विराटनगर पछिको ठुलो मानिन्छ । बैठकले रथयात्रालाई थप व्यवस्थित बनाउन एक दर्जन बढी विभिन्न तयारी उपसमितिहरु गठन गरिएको उल्लेख छ । रथयात्राको संरक्षकका रुपमा नगरपालिका रहेको छ । रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष रोहित आचार्यका अध्यक्षता तथा दमक नगरपालिका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको बैंठकमा उपप्रमुख रेगिना भट्टराई, इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्रप्रसाद चापागाई,इलाका प्रहरी कार्यालय
दमकमा…..दमकका प्रहरी नायव उपरीक्षक निशान थापा , दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतको उपस्थिति रहेको थियो ।

Author

You may also like