देश–समाज समाचार स्थानीय

पथरी शनिश्चरे प्याब्सन नगर कार्य समिति मोरङको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो नगर अधिवेशन सम्पन्न

पथरीशनिश्चरे । पथरीशनिश्चरे । निजी तथा आवासीय विद्यालय अर्गानाईजेसन, नेपाल (प्याब्सन) पथरी शनिश्चरे नगर कार्य समिति मोरङको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
भूपू सैनिक माध्यमिक विद्यालयको सभाहलमा पथरी शनिश्चरे पालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले कार्यक्रमको उद्घाटन गर्दै निजी तथा संस्थागत विद्यालयहरूले नगरमा पु¥याएको विशिष्ट शैक्षिक योगदानको चर्चा गरे । उनले प्रदेश र संघीय सरकारले बनाएका शैक्षिक नीति, नियम र विनियम अनुसार आफ्नो स्थानीय तहको सरकारले पनि निजी विद्यालयका समस्याहरु समाधानका लागि सहयोग गर्न आफू तत्पर रहेको बताए ।
प्याब्सनका नगर अध्यक्ष सुरेन्द्र लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकामा शैक्षिक सत्र –२०८० को एसइई परीक्षामा ४ जिपीए ल्याई सर्वोत्कृष्ट नतिजा हासिल गरेको भन्दै रेडस्टार माध्यमिक विद्यालयका छात्रहरु सतिश आचार्य र अजय लिम्बूलाई दोसल्ला अढाई नगदसहित सम्मानपत्रले सम्मानित गरिएको थियो भने सोही विद्यालयकी मनिता कार्कीलाई पनि कक्षा १२ मा ३.८० जिपीए हासिल गरेकोमा प्रशंसा पत्र सहित सम्मानित गरियो ।
सोही क्रममा निजी तथा संस्थागत विद्यालयमा सन् २००१ देखि शिक्षण पेशामा क्रियाशील भूपू सैनिक स्कूलकी शिक्षक लक्ष्मी राना मगरलाई ‘शिक्षक दिर्घ सेवा सम्मान’ तथा अन्नपूर्ण माविका कर्मचारी राम चन्द्र रानालाई ‘कर्मचारी दिर्घ सेवा सम्मान’बाट सम्मानित गरिएको थियो । सोही अवसरमा पथरी शनिश्चरे नगरक्षेत्रलाई कार्यथलो बनाई लामो समयसम्म पत्रकारितामा विशेष योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई र आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय महासचिव अर्जुन जम्नेली राईलाई दोसल्ला ओढाई नगदसहित सम्मानपत्रले सम्मानित गरिएको प्याब्सनका सचिव सन्तोष बस्नेतले बताए ।

Author

You may also like