दमक/ झापाको माईपश्चिम क्षेत्रका क्रियाशील पत्रकारहरु संगठित भएका छन् । जिल्लाको माईपश्चिम क्षेत्रलाई कार्यथलो बनाएर विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्दैआएका क्रियाशील पत्रकारहरुको भेलाले ‘सक्रिय पत्रकार सञ्जाल ’ गठन गरेका हुन् ।
बुधबार दमकमा भएको भेलाले गिरीराज भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा अनिलदेव राई, सचिवमा चिरञ्जीवि घिमिरे ,कोषाध्यक्षमा विष्णु पौडेल चुनिएका छन् । यसैगरी सदस्यहरुमा आत्माराम राजवंशी, सेसेहाङ फियाक, शान्ति सुब्बा, गोविन्द ल्वागुन, शुष्मा नेपाली रहेका छन् । यसैगरी भेलाले विमल लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको सचिव घिमिरेले जानकारी गराए । सल्लाहकार समितिका सदस्यहरुमा विष्णु सुब्बा, डिकेश लामा, डण्डीराज घिमीरे, दुर्गा पौडेल रहेका छन् ।
यसैगरी ,सोहि भेलाले सचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको छ । गठित विधान मस्यौदा समितिको सदस्यहरुमा रोमणी लामिछाने, बेणु अधिकारी, शान नपाल र सुमित भण्डारी रहेका छन् । त्यस अवसरमा बोल्दै पत्रकारका अगुवाहरुले पत्रकारहरुको व्यावसायिक बृद्धिविकासमा लाग्न सकेमात्र पेशागत सुरक्षा मजवुत हुँदै जाने आंैल्याएका थिए ।
मञ्चको अधिवेशनमा सहभागी नहुने
भेलाले पत्रकार मञ्च दमकको यही जेठ २८ गते शनिबार लागेको अधिवेशनमा सहभागिता नजनाउने निर्णय गरेको छ । मञ्चले पत्रकारहरुको पेशागत हितमा काम गर्न नसकेकाले त्यसका अधिवेशन लगायतका गतिविधिमा समेत सहभागिता नजनाउने निर्णय गरेका छन् । पेशागत हितका सन्दर्भमा सवै पत्रकारजन्य संघसंगठनहरुसंग सहकार्य गरेर अघि बढ्ने निर्णयमा उल्लेख गरिएको छ ।