दमक/ झापाको दमक–१० स्थित पशुपति आधारभूत विद्यालयका विपन्न तथा जेहेन्दार ७० जना विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । दमक–५ निवासी ६५ वर्षीय प्रेम बहादुर बस्नेतले आफ्नी दिवंगत पत्नी मिराकुमारी बस्नेतको स्मृतिमा राखेको १ लाख ३ हजार रुपैयाँको अक्षय कोषको व्याजबाट ति सामग्रीहरु खरीद गरी वितरण गरिएको हो ।
बुधबार विद्यालयमा गरिएको एक औपचारिक कार्यक्रममा ति विद्यार्थीहरुलाई प्रति विद्यार्थी आधा दर्जन कपी, ४ वटा पेन्सिल र विद्यालय पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सिताराम निरौलाले जानकारी गराए । ति सामग्रीहरु अक्षयकोषदाता प्रेमबहादुर बस्नेत र निजका परिवारजनबाट गरिएको थियो । प्रेमबहादुरकै अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारी र अतिथिहरुमा वडा सदस्यहरु क्रमशः जंग राई, रविन्द्र माखिम, रेनुका दर्जी, जग्गादाता नर बहादुर घिमिरे लगायत रहेको जानकारी गराइएको छ । कार्यक्रम संचालन विद्यालयका शिक्षक भुवानी प्रसाद काफ्लेले गरेका थिए ।