दमक, २१ कार्तिक
प्रजातान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका ५ मंगलवारे निवासी पूणर्ानन्द शर्मा अस्वस्थ भई अस्पताल भर्ना भएका छन् ।
८६ बर्षिय शर्माको स्वासप्रश्वासमा एक्कासी समस्या देखिएपछि आइतवार उनलाई बिर्तामोडस्थित पूणर्टुङ्ग बिर्तासिटी अस्पताल भर्ना गरिएको परिवारले जनाएको छ । उनको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालका प्रशासन प्रमुख बिनोद बस्नेतले जानकारी दिए ।
अस्पतालले शर्माको निःशुल्क उपचार गर्ने पूर्वघोषणा अनुसार उपचार भइरहेको अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए । यसअघि पनि शर्माको पित्तथैलीमा समस्या देखिएपछि बिर्तासिटीले नै निःशुल्क उपचार गरिदिएको थियो ।
हाल शर्माको उपचारमा डा. अनिल बस्नेत, डा. शरद भट्टराई, डा. शम्भु नवल, डा. चन्द्र लिम्बू, डा. दिग्गज श्रेष्ठ, डा. पुष्पक रेग्मी र डा. पृथ्वी राईको संयुक्त टोलीले हेरिरहेको अस्पतालले जनाएको छ ।
वीपी कोइरालाका अनुयायीका रुपमा रहेका शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलका क्रममा पटक-पटक एरिया बन्दीदेखि जेलसम्म परेका थिए । विस २०४२ सालमा भएको सत्याग्रह आन्दोलनका समयमा कांग्रेस झापाको सभापति बनेका शर्मा कांग्रेसका त्यागी र निष्ठावान नेताका रुपमा चिनिन्छन् ।